Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

U16 National Cricket

यु१६ रास्ट्रीय क्रिकेट लिग : प्रदेश २ र प्रदेश ५ विजयी

चैत्र २१, काठमाडौं प्रदेश २ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिग अन्तर्गत बिहीबारको खेलमा जित दर्ता गरेका छन् । प्रदेश २ ले प्रदेश १ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्दा प्रदेश ५ ले पनि प्रदेश ६ लाई सोहि अन्तरले पराजित गर्यो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ रोज्दै १५.५ ओभरमा अलआउट हुनुअघि ७८ रनमात्र जोड्न सक्यो । विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ ले राम्रो योगफल खडा गर्न सकेन । विशालले इनिङसको दोस्रो, तेस्रो र पाँचौ बलमा विकेट लिएका थिए ।…

बिनित खत्रीको कप्तानिमा एम एम कप यु१६ को लागि कर्णाली प्रदेसको टिम घोषणा

बैशाख १७, क्रिकेट हिमालय बैशाख १८ गते बाट tu मैदान मा हुन गइरहेको मनमोहन अन्तर प्रदेश स्तरिय u-१६ क्रीकेट प्रतियोगिता लागि कर्णाली प्रदेशको टिम छनौट गरिएको छ ! १) बिनित खत्री ( कप्तान) २) युनिश बिक्रम सिङ ३) मोहन गुरुङ ४) टाेपेन्द्र जि सि ५) सुमित माझी ६) नगेन्द्र ओलि ७) कमल के सि ८) सुरज बुढाथोकि ९) रितिक जङ शाही १०)दिलिप सुनार ११)बिबेक शाही १२) दिपक गन्धर्व १३)रविन बुढाथोकी १४) प्रजोल सिजाली टिम म्यानेजर : टेक सलामी मगर

मनमोहन मेमोरियल अन्तर-प्रदेश यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको घोषणा

बैशाख ३, क्रिकेट हिमालय मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पुर्ब प्रधानमन्त्री स्व मनमोहन अधिकारिको स्मृतिमा बैशाख १८-२४, २०७६ मा किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा 'मनमोहन मेमोरियल इन्टर प्रोभिन्स यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सन्चालन गर्ने भएको छ । प्रतियोगितामा ७ प्रदेशका यु-१६ उमेर समुहका ७ वटा टिम बिच ३०/३० ओभरको खेलहरु हुनेछन । लिग, सेमिफाइनल र फाइनल गरि कुल १२ वटा खेलहरु हुनेछन । प्रतियोगिताको बिजेता टिमले नगद रु २.५ लाख सँगै सोही बराबरको खेल सामाग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने नगद…

यु१६ रास्ट्रीय क्रिकेट : प्रदेश ३ र प्रदेश ५ फाइनल प्रबेस

चैत्र २४, काठमाडौं प्रदेश ३ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिगको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको भएको सेमिफाइनल खेलमा जित दर्ता गर्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् । दिनको पहिलो खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १५ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले २९ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोड्यो । ओपनर आईश भट्टराईले ७७ रनको शानदार इनिङ्स खेलेपछि प्रदेश ३ ले बलियो योगफल खडा गरेको थियो । म्यान अफ द म्याच घोषित आईशले ६६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार…

यु१६ रास्ट्रीय क्रिकेट प्रतियोगिता : सेमिफाइनल समीकरण पूरा

चैत्र २३, काठमाडौं लिग चरणको अन्तिम खेलमा प्रदेश ३ ले प्रदेश ६ लाई पराजित गरेसँगै यू-१६ क्रिकेट लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा प्रदेश ३ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा प्रदेश ६ लाई २९ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको प्रदेश ३ ले वर्षका कारण १९ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो । ओपनर प्रशान्त महत र दीपक बोहोराले पहिलो विकेटका लागि आक्रामक सुरुवात दिलाएपछि प्रदेश ३ ले बलियो योगफल खडा गरेको थियो । दीपक ३० रनमा क्याच आउट हुनुअघि यी…

यु१६ रास्ट्रीय क्रिकेट : प्रदेस न ४ बाहिरिदा प्रदेश ७ र प्रदेश ५ विजयी

चैत्र २२, काठमाडौं प्रदेश ७ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिगअन्तर्गत शुक्रबारको खेलमा जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा प्रदेश ७ ले प्रदेश २ लाई ५ विकेटले पराजित गर्यो । टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन जोडेको थियो । प्रदेश २ का लागि प्रशान्त सिंहले ६० बलमा ६ चौका र १ छक्कासहित नटआउट ६० रनको योगदान दिए । पर्शुराम यादवले ७२ बलमा ४ चौकासहित ५० रन जोडे । प्रदेश ७ का नरेन साउद ३, सुनिल लोथ्याल २ र राहुल भण्डारी १ रनमा आउट भए । जवाफमा प्रदेश ७ ले २७ औं ओभरमा ५…

यु१६ रास्ट्रीय क्रिकेट लिग : प्रदेश २ र प्रदेश ५ विजयी

चैत्र २१, काठमाडौं प्रदेश २ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिग अन्तर्गत बिहीबारको खेलमा जित दर्ता गरेका छन् । प्रदेश २ ले प्रदेश १ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्दा प्रदेश ५ ले पनि प्रदेश ६ लाई सोहि अन्तरले पराजित गर्यो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ रोज्दै १५.५ ओभरमा अलआउट हुनुअघि ७८ रनमात्र जोड्न सक्यो । विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ ले राम्रो योगफल खडा गर्न सकेन । विशालले इनिङसको दोस्रो, तेस्रो र पाँचौ बलमा विकेट लिएका थिए ।…

यु१६ रास्ट्रीय क्रिकेट लिग : प्रदेश न ३ र कर्णाली प्रदेस बिजयी

चैत्र २०, काठमाडौं प्रदेश नं ३ र प्रदेश ६ ले यू-१६ क्रिकेट लिग अन्तर्गत बुधबार आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । लगातार दोस्रो जित दर्ता गरेको प्रदेश ३ ले प्रदेश ५ लाई तथा प्रदेश ६ ले प्रदेश ४ लाई पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ३ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको प्रदेश ५ ले २५ औं ओभरमा अलआउट हुनुअघि १ सय ४० रन जोडेको थियो । कप्तान विशाल विक्रम केसीले ८९ रन जोडेपछि प्रदेश ५ ले बलियो योगफल खडा गरेको थियो । २९ रनको स्थितिमा दुवै ओपनर पेभेलियन…