Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

rupandehi super league

रुपन्देही सुपर लिगको पहिलो दिन बुद्ध स्पोर्ट्स र मतखोलवा क्रिकेट क्लब खेल्दै

पौष २५, क्रिकेट हिमालय रुपन्देही जिल्ला क्रिकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा पौष २५ देखि माघ १८ सम्म सन्चालन हुने 'नेपाल टेलिकम रुपन्देही सुपर लिग' को डिबिजन बि अन्तर्गत पहिलो खेल बुद्ध स्पोर्ट्स क्लब र मतखोलवा क्रिकेट क्लब बिच हुदैछ | २०५४ देखि निरन्तर सन्चालन हुँदै आएको १९ औ संस्करणको लिग एकदिवसीय फर्म्याटमा डिबिजन ए र बि गरि सन्चालन हुने गरेको छ | रुपन्देही जिल्लाका डिबिजन एका ८ र बिका १२ गरि कुल २० टिमहरुले प्रतियोगितामा सहभागीता जनाउनेछन | जिल्लाको सिनियर टिमको छनोट प्रतियोगिताको रुपमा रहेको लिगमा…

रुपन्देही सुपर लिग : चौथो खेलमा दिप क्रिकेट क्लब बिजयी

फाल्गुन १०, क्रिकेट हिमालय | रुपन्देही नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत चौथो दिनको खेलमा दिप क्रिकेट क्लब ३३ रनले बिजयी भएको छ । आज सम्पन्न लुम्बिनी कासाई र दिप क्रिकेट क्लब बिच भएको टस जिति पहिला ब्याटिङ रोजेको दिप क्रिकेट क्लब २५.३ ओभरमा सबै विकेट गुमाउदै ९४ रनमा समेटिएको थियो । दिप क्रिकेटको स्विकोट दिवसले २५, सुबास बिक १६ तथा अजय अहम्मदले १२ रन बनाए । लुम्बिनी कासाई क्रिकेट क्लबको लागि प्रदिप जैसवाल र प्रदिपले समान ४/४ विकेट लिए । ९५ रनको बिजयी लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको लुम्बिनी कासाई १६.४ ओभरमा सबै…

रुपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरीलाई

भैरहवा, २६ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवालाई १ सय ९२ रनको फराकिलो अन्तरले हराउँदै खुकुरीले उपाधि हात पारेको हो । जितसँगै खुकुरीले नगद ७० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता शिवशक्तिले नगद ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त ग¥यो । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला व्याटिङ गरेको खुकुरीले निर्धारित ५० ओभरको खेलमा…

लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा !

भैरहवा, २५ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमिफाइनलको अन्तिम खेलमा खुकुरीले देवदह क्रिकेट युनिट देवदहलाई १० विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेसँगै यी दुईबीच फाइनलमा प्रतिस्पर्धा हुने पक्का भएको हो । जितका लागि देवदहबाट १ सय ७ रनको लक्ष्य पाएको खुकुरीले ११ ओभर ३ बलमा विना विकेटको क्षति १ सय ८ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि शंकर रानालो सर्वाधिक नटआउट ८१…

शिवशक्ति क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा !

भैरहवा, २४ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ६९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । उसले अब शुक्रबार लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र देवदह क्रिकेट युनिट देवदहबीच हुने खेलबाट विजयी टिमसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ३ बलमा सबै विकेट गुमाई १ सय ५० रनको…

रुपन्देही सुपर लिगमा आज बुम एमसिसी विजयी, बुद्ध क्रिकेट क्लब डिभिजन ‘बि’ मा घटुवा !

भैरहवा, २३ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको लिग चरण अन्तर्गतको अन्तिम खेलमा बुम एमसिसी क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालई ५० रनले पराजित गरेको छ । जितसँगै सेमिफाइनल खेल्न नपाए पनि बुम एमसिसी ‘ए’ डिभिजनमा यथावत रहेको छ भने हारसँगै बुद्ध रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुम एमसिसीले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाई २ सय ५५ रन…

न्यू होराइजन सेमिफाइनलमा, एपेक्स तिरुपति डिभिजन ‘बि’ मा घटुवा !

भैरहवा, २२ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत मंगलबार भएको समूह (सि) को खेलमा न्यू होराइजन क्रिकेट क्लब बुटवलले एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवालाई १ सय ९६ रनको विशाल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । हारसँगै गतवर्ष सेमिफाइनल खेलको र केही महिना अगाडि भैरहवा सम्पन्न प्रथम सिद्धार्थनगर मेयर कपको विजेता समेत रहेको एपेक्स तिरुपति रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ । मंगलबारको खेलसँगै सेमिफाइनलमा पुग्ने टिमको टुंगो पनि…

रुपन्देही सुपर लिग अन्तर्गत देवदह सेमिफाइनलमा, साई ग्लोबल घटुवा !

भैरहवा, २१ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत सोमबार भएको समूह (बि) को खेलमा देवदह क्रिकेट युनिट देवदहले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ६१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । हारसँगै साई ग्लोबल भने रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ३० ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार गरेको थियो । उसका लागि हरिबहादुर चौहानले १८ र राजेश लम्सालले…