Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Rupandehi Cricket

अन्तरकलेज स्तरीय क्रिकेट, रुपन्देही : साई ग्लोबल र सगरमाथा विजयी

रबिन्द्र प्रताप गुप्ता / भैरहवा, १३ मंसिर । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेरबहादुर सेञ्चुरी अन्तरकलेज जिल्लास्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा शुक्रबार भएको सेमिफाइनल खेलमा साई ग्लोबल एकेडमी भैरहवा र श्री सगरमाथा हाइयर सेकेण्डरी स्कूल देवदह विजयी भएका छन् । साई ग्लोबलले काशी नोबल एकेडमीलाई ४० रनले र सगरमाथाले रुपन्देही लीलारामलाई १ रनले पराजित ग¥यो । टस जितेर काशीले फिल्डिङले रोजेको थियो । पहिला व्याटिङ गरेको साई ग्लोबलले ९ विकेटको क्षतिमा १६२ रनको योगफल बनायो । उसका…

रुपन्देही क्रिकेट संघ द्वारा ज्ञापनपत्र प्रदान !

कार्तिक ५, रुपन्देही रुपन्देहि क्रिकेट संघ ( CAR ) द्वारा रुपन्देही जिल्ला खेलकुद बिकास समिती मार्फत राष्ट्रिय खेलकुद परिषदलाई क्रिकेटको बर्तमान विषम परिस्थितीमा सहजता प्रदानका लागि ज्ञापन पत्र बुझायको छ । ज्ञापन पत्र रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लबाट रुपन्देही जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष योग गुरुङ ज्युलाइ बुझाइएको थियो। क्रिकेट संघको विशेष अधिवेशनबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) को सल्लाहकार समिती (Advisory Body) ले बनाएको बिधानलाई हुबहु पारित गर्दा पनि किन यो समस्याको समाधान हुदैन ?…

टिपीएल २ मा एस.अार.एन. एस. सि. ए. टाइगर्समा ‘सागर पुन’ आवद्ध !

मोहन ज्ञवाली | क्रिकेट हिमालय दोस्रो संस्करणको टिपिएल २ मा सागर पुन एस.अार.एन. एस. सि. ए. टाइगर्स बाट खेल्ने भएका छन । टिपिएल २ मा विभिन्न राष्ट्रिय टिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका एक एक जना अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने प्राबधान रहेको हुदा SR NSCA टाइगर्सले सागर पुन लाई आबद्द गरेको छ । सागर पुन यु-१९ विश्वकप, आईसीसी टि-२० विश्वकप लगायत आईसीसी र एसिसी बाट संचालित धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन । अब टिपिएल २ भरी सागर पुन SRNSCA को जर्सीमा देखिने छन । SR NSCA को टिम मालिक सुरज उप्रेती…

रुपन्देहिमा सम्पन्न ‘नुसि कप’ को उपाधी बिजेता गिर्वाण मा वि !

क्रिकेट हिमालय / बुटवल रुपन्देहीमा जारी नुसि इन्टरस्कुल जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी गिर्वाण मावीले जितेको छ । आज सम्पन्न पामिर एकेडेमी र गिर्वाण माबी बिचको फाइनल खेलमा पामिर एकेडेमीलाई ३ विकेटले हराउदै गिर्वाण मावीले उपाधी माथी कब्जा गरेको हो। उपाधी सङै गिर्वाण माबीले २५ हजार नगद ट्र्फी र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता पामिर एकेडेमीले नगद १५ हजार ट्र्फी र प्रमाणपत्र प्राप्त गरेको छ । आज सम्पन्न फाइनल खेलमा टस जिति फिल्डिङ रोजेको गिवार्ण माविले पहिले पामिर एकेडेमीलाई ब्याटिङको निम्तो दिएको थियो।…

NCSS रुपन्देही पुनर्गठन, सम्योजकमा तारा प्रसाद पाठक चयन !

क्रिकेट हिमालय/बुटवल NCSS जिल्ला समन्वय समिति रुपन्देही पुनर्गठन भएको छ। आज NCSS रुपन्देहीले बुटवल विशेष बैठक गरि आफ्नो आगामी दुई बर्ष सम्मको लागि नया कार्य समिती गठन गरेको हो। NCSS रुपन्देहीको नया कार्य समितिमा सम्योजक र उपसम्योजकमा क्रमश नेपाली तारा प्रसाद पाठक र मोहन ज्ञवाली लाई आगामी दुई बर्शको लाई पुन यथाबत नै राखि नया सक्रिय सदस्यहरुलाइ समितिमा राख्दै १३ सदस्यीय कार्य समिति गठन गरेको छ ! नवगठित कार्यसमितिले बैधानिकता भने आगामी असोज २० गते काठमाडौमा हुन गैरहेको NCSS को केन्द्रिय तेस्रो साधारण सभाले पारित गरेपछि…

नुसि कप, रुपन्देही : गिर्वाण माबी र पामिर एकेडेमी फाइनलमा प्रबेस !

बुटवल | क्रिकेट हिमालय रुपन्देहीमा चलिरहेको नुसि इन्टर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फाइनलमा श्री गिर्वाण माबी र पामिर एकेडमी भिड्ने भएका छन । आज सपन्न भएको दुई सेमिफाइनल खेलमा गिर्वाण मावि र पामिर एकेडेमीले जित निकाल्दै फाइनल यात्रा तय गरेका हुन । आज भएको पामिर एकेडमी र नयाँगाउ माबी बिचको पहिलो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको पामिर एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउदै १७७ रन बनाउदा पामिरको लागि गणेश गुरुङले ७० हरि गिरिले २० रनको योगदान दिए नयागाउको तर्फबाट भने हेमन्त बगाले र सुरजले २/२ विकेट लिए । जवाफी…

महाभुकम्पमा ज्यान गुमाउनेहरु प्रती समर्पित ‘दोस्रो जि सि सि कप क्रिकेट’ रुपन्देहीमा हुँदै !

मोहन ज्ञवाली/बुटवल महाभुकम्पमा ज्यान गुमाउनेहरु प्रती समर्पण गर्दै गोलपार्क क्रिकेट क्लब, बुटवलले असोज १३ गते बाट बुटवलको गोलपार्कमा दोस्रो सस्करणको जिल्लास्तरीय नकआउट २०/२० टेनिसबल क्रिकेट प्रतियोगिता 'जि सि सि कप' को आयोजना गर्न लागेको छ । एभरेस्ट एजुकेसन एण्ड भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगिताबारे आज बुटवल गोलपार्कमा पत्रकार सम्मेलन गर्दै गोलपार्क क्लबले प्रतियोगिता बारे जानकारी गराएको थियो । दोस्रो सन्स्करणको जि सि सि कपमा कुल ३२ क्रिकेट क्लबले भाग लिनेछन जसमा रुपन्देहीका "ए" लेभलका क्रिकेट क्लब पनि सहभागी…

रुपन्देहिमा दोस्रो ‘जि सि ए कप’ को तयारी तिब्र !

मोहन ज्ञवाली / क्रीकेट हिमालय 'खेलकुदको बिकास देशको बिकाश' भन्ने मुल नाराका साथ असोज १३ गते बाट बुटवलमा गोर्लपार्क क्रीकेट क्लबले आयोजना गर्न लागेको जिल्ला स्तरीय नकआउट टि२० क्रीकेट प्रतियोगिताको तयारी सुरु भएको छु । बुटवल बहुमुखी क्याम्पसको ग्राउन्डमा हुने प्रतियोगिताको लागि ग्राउन्डको मर्मत कार्य सुरु गरिएको छ । सामान्य अबस्थामा रहेको ग्राउन्डलाई प्रतियोगितामा खेल्न योग्य बनाउनको लागि गोलपार्क क्रिकेट क्लब र बुटवल क्रिकेट बिकास समितिले विशेष ध्यानमा राखी मैदानको मर्मतको कार्य जारी राखेको छ। मैदानको मर्मत कार्यमा…