Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Rupandehi Challengers

Anil Kharel charged under ICC Code of Conduct

Falgun 5, Cricket Himalaya The player of Rupandehi Challengers, Anil Kharel has been fined 50% of his match fees with 2 demerit points by Match Referee Mr. Md. Shafique Khan (Sameer Khan) for level one (Article 2.1.7) offense during the match between Rupandehi Challengers Vs Kathmandu Goldens dated on February 17, 2019 of Ruslan DPL-3 played at Fapla Cricket Ground. He was found guilty of having excessive celebration directing to the dismissed batsmen using verbal words. He admitted the level one offence with 2 demerit…

डिपिएल ३ : आजको पहिलो खेलमा अत्तरिया बिजयी, दोस्रो खेल रद्द

फाल्गुन २, क्रिकेट हिमालय प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट स्टेडियममा भईरहेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको यो पहिलो हार हो । आजको दोस्रो खेल बिराटनगर किङ्स भर्सेज महेन्द्रनगर युनाईटेडबीचको खेल बर्षाका कारण रद्द भएको छ । बर्षा बाधक बनेपछि दुवै टोलीले अंक बाडेका छन । पहिलो खेल : सिवाईसी अत्तरिया भर्सेज रुपन्देही च्यालेन्जर्स १२२ रनको…

डिपिएल दोश्रो दिन : रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरिया बिजयी

माघ २९, क्रिकेट हिमालय धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा सिवाईसी अत्तरिया र रुपन्देही च्यालेन्जर्स बिजयी भएका छन । पहिलो खेल : सिवाईसी अत्तरिया र धनगढी स्टार्स आज सम्पन्न पहिलो खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ९५ रन बनाएको थियो । उसका लागि जयकिसन कोल्सावाला २१ (२६), प्रेम तामाङ्ग १२ (२५), दिपेन्द्र सिंह एरि ११ (१६), सन्नी पटेल ३५*(२८) रन बनाएका थिए । धनगढीका लागि रोहन मुस्तफाले २, सोमपाल कामी, अमीर हयात र बिपिन खत्रीले समान १/१ विकेट लिएका थिए ।…

डिपिएल पहिलो दिन : काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स बिजयी

माघ २८, क्रिकेट हिमालय धनगढी स्थित 'ड्रिम फाप्ला' क्रिकेट मैदानमा सर्बाधिक रासिको 'धनगढी प्रिमिएर लिग (डिपिएल)' अन्तर्गत आज सम्पन्न पहिलो दिनको खेल अन्तर्गत काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स बिजयी भएका छन । पहिलो खेल : धनगढी स्टार्स र काठमाडौ गोल्डेन्स टस हारेर सुरुमा ब्याटिङ गरेको धनगढी स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १३२ रन बनाएको थियो । उसका लागि अमीत श्रेष्ठले ५० बलमा ५० रन, सन्दिप रजाइलिले ३५ बलमा २८, सौरभ खनालले १० बलमा २५*, पवन सराफले १८ बलमा १९ रन बनाएका थिए । काठमाडौ गोल्डेन्सका लागि नन्दन…

रुपन्देही च्यालेन्जर्समा हङकङ र पाकिस्तानका खेलाडी अनुबन्धित

माघ १३, क्रिकेट हिमालय माघ २६ देखि फाल्गुन ११ सम्म आयोजना हुने धनगढी प्रिमियर लिगको टिम रुपन्देही च्यालेन्जर्सले २ जना बिदेशी खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । हङकङ राष्ट्रिय टिमको कप्तानी गरिसकेका बाबर हायात तथा पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर राजा अलि डर लाई टिमले अनुबन्ध गरेको हो । रुपन्देही च्यालेन्जर्सको यो सिजन रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन् । यस्तै टिममा बिनोद भन्डारी, ललित भण्डारी, भिम सार्की, प्रदिप एरि, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ल रहेका…

शिवशक्ति क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा !

भैरहवा, २४ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ६९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । उसले अब शुक्रबार लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र देवदह क्रिकेट युनिट देवदहबीच हुने खेलबाट विजयी टिमसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ३ बलमा सबै विकेट गुमाई १ सय ५० रनको…

रुपन्देही सुपर लिगमा आज बुम एमसिसी विजयी, बुद्ध क्रिकेट क्लब डिभिजन ‘बि’ मा घटुवा !

भैरहवा, २३ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको लिग चरण अन्तर्गतको अन्तिम खेलमा बुम एमसिसी क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालई ५० रनले पराजित गरेको छ । जितसँगै सेमिफाइनल खेल्न नपाए पनि बुम एमसिसी ‘ए’ डिभिजनमा यथावत रहेको छ भने हारसँगै बुद्ध रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुम एमसिसीले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाई २ सय ५५ रन…

रुपन्देही सुपर लिगमा आज शंकरनगर क्रिकेट क्लब विजयी !

भैरहवा, २० फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह (ए) को खेलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरले ज्ञानोदय क्रिकेट क्लब करहियालाई ६१ रनले पराजित गरेको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय १० रनको योगफल तयार गरेको थियो । उसका लागि अजय कौशिलाले ३७, धिरज शाहीले २० र देव खनालले २८ रनको योगदान दिए । बलिङमा ज्ञनोदयका जितेन्द्र शाहनीले…