Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

prashant malla

रुपन्देही सुपर लिग अन्तर्गत देवदह सेमिफाइनलमा, साई ग्लोबल घटुवा !

भैरहवा, २१ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत सोमबार भएको समूह (बि) को खेलमा देवदह क्रिकेट युनिट देवदहले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ६१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । हारसँगै साई ग्लोबल भने रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ३० ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार गरेको थियो । उसका लागि हरिबहादुर चौहानले १८ र राजेश लम्सालले…

रुपन्देही सुपर लिगमा आज शंकरनगर क्रिकेट क्लब विजयी !

भैरहवा, २० फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह (ए) को खेलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरले ज्ञानोदय क्रिकेट क्लब करहियालाई ६१ रनले पराजित गरेको छ । स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय १० रनको योगफल तयार गरेको थियो । उसका लागि अजय कौशिलाले ३७, धिरज शाहीले २० र देव खनालले २८ रनको योगदान दिए । बलिङमा ज्ञनोदयका जितेन्द्र शाहनीले…

रुपन्देही सुपर लिगमा आज प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब विजयी !

भैरहवा , १३ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह (सि) को खेलमा प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाले एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवालाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको प्रोफेसनल मास्टर्स–११ ले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ३ सय २८ रनको योगफल तयार गरेको थियो । उसका लागि बादल छन्त्यालले सर्वाधिक ७७, आदित्य…

रुपन्देही सुपर लिग “ए” डिबिजन अन्तर्गत देबदह क्रिकेट युनिट बिजयी !

भैरहवा , ११ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह (बी) को खेलमा देवदह क्रिकेट युनिट देवदहले वेष्टर्न क्रिकेट क्लब बुटवललाई ६६ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बल खेल्दै सबै विकेट गुमाई २ सय ३६ रनको योगफल बनाएको थियो । उसका लागि अर्जुन रायमाझीले ७९, हरिबहादुर चौहानले ६७ र सुरज दरईले ३६ रनको योगदान दिए । बलिङमा…

रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’ को पहिलो खेलमा सिवशक्ती क्रिकेट क्लब बिजयी !!

फाल्गुन १०, क्रिकेट हिमालय भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबारबाट डिभिजन ‘ए’ अन्तर्गत लिग चरणका खेल सुरु भएका छन् । लिग चरणमा समूह (ए) को पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १ सय ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको शविशक्तिले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ४ बलमा सबै विकेट गुमाई ३ सय ४ रन बनायो । उसका लागि अनिल थापाले सर्वाधिक ७३ रनको योगदान दिए भने यम क्षेत्रीले ५२, सुमन अधिकारीले ३८…

नेपाल क्रिकेट संघ : स्थापनादेखी जारी अन्योलताको समाधान सम्म

प्रसान्त मल्ल, अध्यक्ष, रुपन्देही जिल्ला क्रिकेट संघ वि.स. २००८ सालमा स्थापित नेपाल क्रिकेट संघ विभिन्न आरोह अवरोहलाई पार गर्दै सन १९८८ मा ए सि सि (ACC) को क्वालिफायर सदस्यता प्राप्त गर्न सफल भएकोमा सन १९९६ मा आइ सि सि (ICC) को एसोसिएट राष्ट्रको रुपमा मान्यता प्राप्त गरेको थियो ! नेपालको यो उपलब्धिमा तत्कालीन नेपाल क्रीकेट संघका अध्यक्ष जयनाथ कुमार साह तथा तत्कालीन क्रिकेट एसोसिएन अफ नेपाल CAN का पदाधिकारीहरुको विशेष योगदान रहेको कुरा सर्वबिदितै छ । सन १९९६ पछि नेपाली क्रिकेट नया युगमा प्रवेश गर्न थालेको हो, नेपालले…