Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Little Flower Premier League

निष्ट कलेज एलपिएल–४ : दोश्रो दिन शारदा विद्या निकेतन र शारदा मावि विजयी

धनगढी, कार्तिक १७ धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको दोस्रो दिन भएका खेलमा शारदा विद्या निकेतन र शारदा मावि विजयी भएका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भईरहेको प्रतियोगितामा आईतबार भएका दुई खेलमा जित हात पार्दै दुबै शारदाले क्वाटरफाईनल प्रवेशको सम्भावनालाई वलियो बनाएका हुन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा आईतबार भएको पहिलो खेलमा शारदा विद्या निकेतनले भक्तपुर निष्ट स्कुललाई ९ विकेटले पराजित गरेको छ । भक्तपुर निष्टले दिएको ११८ रनको विजय लक्ष्य शारदाले १४ दशमलव ३ ओभरमा…

निस्ट एलपिएल : पहिलो दिन लिटल फ्लावर बिजयी

धनगढी, कार्तिक १६ शनिवारदेखि धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरण सुरु भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लिटल फ्लावर स्कुलले विजयी सुरुवात गरेको छ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विपिन रावल चम्किएपछि लिटल फ्लावरले फराकिलो अन्तरको जित हात पारेको हो । २४ वलमा अर्धशतकीय पारी खेलेका रावलले विष्फोटक व्याटिङ गरेपछि त्रिनगर माविलाई लिटल फ्लावरले ९ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको त्रिनगरले…

एलपिएल-४, धनगढी : उद्धाटन खेल लिटल फ्लावर र त्रीनगर बिच हुँदै

कार्तिक १६, क्रिकेट हिमालय संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाइ खेल मैदान, धनगढीमा कार्तिक १६-२५ सम्म सन्चालन हुने बिद्यालय स्तरीय चौथो सस्करणको 'लिटल फ्लावर प्रीमियर लिग क्रिकेट प्रतियोगिता' आजबाट सुरु हुदैछ, उद्धाटन खेल लिटल फ्लावर बोर्डिङ्ग हाइस्कुल, धनगढी र त्रीनगर उच्च मावी धनगढी बिच हुनेछ | लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा कैलालीका ७, कंचनपुरका २ स्कुल र बाके/काठमाडौ/भक्तपुरका १/१ गरि कुल १२ बिद्ध्यालयहरुको सहभागीता रहनेछ | सहभागी टिमहरु १. लिटल फ्लावर बोर्डिङ्ग हाइस्कुल, कैलाली २.…

लिटल फ्लावर प्रिमियर लिग, धनगढीको तयारी अन्तिम चरणमा

धनगढी, कार्तिक ५ धनगढीमा कार्तिक १६ गतेबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्कार क्रिकेट एकेडेमीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी तीव्र पारिएको जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको जानकारी गराउँदै खेल मैदान र पीच निर्माण कार्य जारी रहेको जानकारी दिए । कार्तिक १६ देखि २६ गतेसम्म धनगढीकै सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहने…

धनगढीमा ‘चौथो निस्ट-लिटल फ्लावर प्रीमियर लिग’ कार्तिक १६ देखि

कार्तिक २, क्रिकेट हिमालय संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाइ खेल मैदान, धनगढीमा कार्तिक १६-२५ सम्म सन्चालन हुने बिद्यालय स्तरीय चौथो सस्करणको 'लिटल फ्लावर प्रीमिएर लिग क्रिकेट प्रतियोगिता' को तयारी तिब्र रुपमा हुँदै गरेको आयोजकले जनाएको छ | लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा कैलालीका ७, कंचनपुरका २ स्कुल र बाके/काठमाडौ/भक्तपुरका १/१ गरि कुल १२ बिद्ध्यालयहरुको सहभागीता रहनेछ | सहभागी टिमहरु १. लिटल फ्लावर बोर्डिङ्ग हाइस्कुल, कैलाली २. हिमालयन व्हाइट हाउस वर्ल्ड स्कुल, काठमाडौ ३. भक्तपुर…

बिद्धालय स्तरीय ‘लिटल फ्लावर प्रीमियर लिग’ को प्रमुख प्रायोजक निस्ट कलेज

क्रिकेट हिमालय, असोज ८ संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीमा सन्चालन हुने बिद्यालय स्तरीय चौथो सस्करणको 'लिटल फ्लावर प्रीमिएर लिग क्रिकेट प्रतियोगिता' को प्रमुख प्रायोजक काठमाडौ स्थित निस्ट कलेज रहने भएको छ | एक कार्यक्रम बिच निस्ट कलेजका सन्स्थापक प्राचार्य डा माधब प्रसाद बराल र संस्कार क्रिकेट एकेडमिका अध्यक्ष रामचन्द्र साही बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ | प्रतियोगिता कार्तिक १६ देखि ३० गते सम्म सन्चालन हुने भएको छ । लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिताका सबै खेल संघीय प्रहरी इकाइ खेल…

निस्ट एलपिएल : लिटिल फ्लावर र लिटिल बुद्ध एकेडेमी फाईनल प्रवेश !

मङ्सिर ३, धनगढी आयोजक लिटिल फ्लावर स्कुल धनगढी र लिटिल बुद्ध एकेडेमी कंचनपुर कैलालीको धनगढीमा जारी तेस्रो कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिग (एलपिएल)३ को फाईनल प्रवेश गरेका छन । पहिलो खेल आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक लिटिल फ्लावरले डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सदनलाई ५ विकेटले पराजित गर्दै लिटिल फ्लावर धनगढी फाईनल प्रवेश गरेको हो । सुरज तिरुवाको अलराउण्ड प्रदर्शन र शेर मल्लले कसिलो बलिङको मद्धतले सिद्धार्थ माथी लिटिल फ्लावरले जित हासिल गर्दै फाईनलमा आफनो स्थान सुरक्षित बनाएको हो । सिद्धार्थले जितको लागी…

निष्ट एलपिएल : लिटल फ्लावर र लिटल बुद्ध फाइनलमा भिड्दै !

धनगढी, ३ मंसिर धनगढीमा जारी निष्ट कलेज एलपिएल क्रिकेट प्रतियोगिता अन्तरगत आयोजक लिटल फ्लावर इङ्लिस स्कुल तथा मेहेन्द्रनगर स्थित लिटलबुद्ध एकेडेमी विच उपाधीकालागि प्रतिष्पर्धा हुने भएको छ । पहिलो सेमिफाइनल सोमबार सम्पन्न सेमिफाइनल चरण्को खेलमा लिटल फ्लावरले साबिक विजेता शिद्धार्थ सिशु सदन धनगढीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । दोश्रो सेमिफाइनल यस्तै सोमबार नै भएको अर्को सेमिफइनल खेलमा हिमालयन ह्वाइटहाउस काठमाण्डौलाई पराजित गर्दै साविक उप–विजेता कञ्चनपुरको लिटल बुद्ध एकेडेमीले फाइनल चरणका लागि आफ्नो स्थान…