Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

DPL

धनगढी प्रिमियर लिग (डीपीएल) २ समिक्षा

बैशाख २५, क्रिकेट हिमालय २०१० मा सुरु एसपीए कपलाई नेपाली क्रिकेट ईतिहासमा गर्विलो अध्याय थप्दै विकसित भएको रुस्लान धनगढी प्रिमियर लिग २, २०७४ चैत्र १७ देखि ३० गतेसम्म धनगढीमा भव्य रुपमा सम्पन्न भइसकेको छ । यस अवसरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मन र हातलाई स–धन्यवाद हार्दिक आभार आयोजकले ब्यक्त गरेको छ । आयोजक "डीपीएललाई हामीले क्रिकेटको विकासमा कोषे ढुङ्गा बनाउदै खेल पर्यटनका माध्यमबाट यहाँको पहिचान,सामाजिक आर्थिक उत्थान लाई विशेष रुपमा जोडेर अघि बढाएका थियौ । यस मामिलामा हामी…

धनगढी प्रिमियर लिग – उपाधी धनगढी टिम चौराहाले जित्यो

चैत्र ३०, क्रिकेट हिमालय धनगढी प्रिमियर लिगको उपाधिमा घरेलु टिम धनगढी टिम चौराहाले कब्जा जमाएको छ । फाइनलमा काठमाडौ काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टीम चौराह धनगढी लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग को च्याम्पियन बनेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । धनगढीको लागि विदेशी खेलाडी अस्फाक अहमदलाई ४ रन, सुनिल धमला ७८, रोहन मुस्तफाले ६० रन बनाए । प्रतियोगितामा पहिलो अर्धसतक बनाउने क्रममा रोहनले चार चौका र चार छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहन सर्वाधिक रन बनाउने…

धनगढी प्रिमियर लिग – हिजो दोस्रो क्वालिफायर्स स्थगित भएसँगै आज फेरी खेल्दै

चैत्र २९, क्रिकेट हिमालय रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत हिजो भएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो क्वालिफायर खेल वर्षाका कारण स्थगित भएपछि आज फेरी हुने भएको छ । खेल आज ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।  हिजो टस हारेर ब्याटिंग गरेको युनाईटेडले २ ओभर सकिए हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन । सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो । भण्डारी र सेख क्रमश ३ र ४ रन बनाएर खेलिरहेका थिए । यी दुई टिमको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग खेल्नेछ ।

धनगढी प्रिमियर लिग – काठमाडौ र महेन्द्रनगर खेलमा बर्षा बाधक

चैत्र २८, क्रिकेट हिमालय धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज भईरहेको काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण भोली को लागि सारीएको छ । टस हारेर ब्याटिंग गरिरहेको युनाईटेडले २ ओभर सकिए हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन । सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो । भण्डारी र सेख क्रमश ३ र ४ रन बनाएर खेलिरहेका थिए । खेल तालिकामा भोलो रिजर्व डे भएका कारण खेल भोलिका लागि सारिएको हो । यी दुई टिमको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग…

धनगढी प्रिमियर लिग – दोस्रो क्वालीफायरमा महेन्द्रनगर र काठमाडौं भिड्ने

चैत्र २८, क्रिकेट हिमालय धनगढी प्रिमियर लिग को दोस्रो क्वालिफायर खेल १२:३० बजे बाट एसएसपी मैदानमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन् । मंगलवार भएको एलिमिनेटर खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेसंगै महेन्द्रनगरले दोस्रो क्वालीफायरमा स्थान बनाएको हो । भने काठमाडौले पहिलो क्वालिफायर्समा घरेल टिम तथा साविक विजेता धनगढी टिम चौराहासँग १ विकेटले पराजित भएको थियो । लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा रहेको थियो । जारी सिजनमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन । खेलमा बिजयी हुने टिमले शुक्रबार…

डि पि एल दसौ दिन : टिम चौरहा धनगढी फाइनलमा प्रबेस

चैत्र २७, क्रीकेट हिमालय डि पि एल अन्तर्गतका दसौ दिनका खेलहरुमा टिम चौरहा धनगढी र महेन्द्रनगर युनाइटेड बिजयि भयका छन । पहिलो खेल : टिम चौरहा धनगढी भर्सेस काठमान्डौ गोल्डेन्स टीम चौराह धनगढी रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेश गरेको छ । मंगलबार संघीय प्रहरी इकाईको मैदानमा भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीे फाइनल प्रवेश गरेको हो । काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेटाएको थियो । धनगढीका लागि राहन मुस्तफाले सर्वाधिक ३३ रनको पारी…

डि पि एल नवौ दिन : सि वाइ सि अत्तरिया प्ले अफमा

चैत्र २५, क्रीकेट हिमालय डि पि एल अन्तर्गत लिग चरणका अन्तिम खेलहरु आज सम्पन्न भयका छन ! पहिलो खेल मैदानको अवस्था खराब हुदा रद्द भयको थियो भने दोश्रो खेलमा सि वाइ सि अत्तरिया बिजयी हुँदै प्ले अफमा पुगेको थियो ! पहिलो खेल काठमान्डौ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड बिचको खेल अघिल्लो राती निरन्तर परेको पानीले मैदानको अवस्था खेल्न योग्य नभयपछी रद्द भयको थियो, दुबै टिमले १/१ अन्क बाडेका थिय ! दोश्रो खेल विराटनगर किंग्सलाई पराजित गर्दै सिवाइसी अत्तरिया आइतबार रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) –२को प्लेअफमा पुगेको…

डि पि एल आठौ दिन : टिम चौरहा धनगढी प्ले अफमा !!

चैत्र २४, क्रिकेट हिमालय धनगढी प्रीमियर लिग अन्तर्गत आज दुइ खेल रहेकोमा एक खेल मैदान खेल्नयोग्य नहुदा रद्द भयको थियो भने अर्को खेलमा टिम चौरहा धनगढी बिजयी भयको छ ! पहिलो खेल : सि वाइ सि अत्तरिया भर्सेस महेन्द्रनगर युनाइटेड अघिल्लो राती लगातार पानी पर्नाले मैदान खेल्न योग्य नहुदा टस नै नभै खेल रद्द भयको थियो ! सि वाइ सि अत्तरिया र महेन्द्रनगर युनाइटेडले १/१ अन्क बाडेका थिय ! दोश्रो खेल : रुपन्देही च्यालेन्जर्स भर्सेस टिम चौराह धनगढी ओभर घटाउदै मात्र ८/८ ओभरमा झारियेको दोश्रो खेलम टिम चौराह धनगढीले सोनु…