Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Dang Cricket

दाङ्गमा प्रदेस स्तरिय क्रिकेट रंगशाला निर्माण कार्य जारी, डिप बोरिङ निर्माण सुरु

असार ५, दाङ घोरासी, दाङ स्थित प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माण कार्यले तिब्रता लिदैछ ! रंगशालामा डिप बोरिङको काम अघि बढेको छ ! प्रदेश सरकारले यस बर्ष घोराही उपमहानगरपालिका लाई निर्शत अनुदानका रूपमा १ करोड रकम प्रदान गरेको थियो । तर अहिले १ करोड मध्ये ५० लाख रकम अन्य वडामा प्रदान गरिसकिएको र क्रिक्रेट मैदानका लागि ५० लाख रकम बराबरको काम भैरहेको छ ! घोराही उपमहानगरपालिकाले करीब ३५ करोड खर्च लाग्ने गरी प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणको लागि बनेको डीपीआर अनुसार खेलकुद मन्त्रालयको बजेट अन्तर्गत जिल्ला खेलकुद…

प्रदिप मज्गैयालाइ अध्यक्ष चयन गर्दै दाङ्ग जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न

जेष्ठ १८, क्रिकेट हिमालय प्रदिप मजगैयालाई अध्यक्ष चयन गर्दै जिल्ला क्रिकेट संघ दाङको नया कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ! अध्यक्ष - प्रदिप मजगैया , उपाध्यक्ष - किसोर कुमार घर्तिमगर, सचीव - सन्जु केसि, कोषाध्यक्ष - बालकृश्न खत्री सदस्यहरु : किसोर चन्द्र गौतम, कैलास रोकामगर, देबेन्द्र सिंह ठकुरी, नमिता नेपाली नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय 'स्वतन्त्र टोलि' ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो !…

तपस्या कप स्कुल क्रिकेट, दाङ्ग : पद्मोदय नमुना मा वि उपाधी बिजेता

दाङ, फागुन २५ । तपस्या कप जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताको उपाधी पद्मोदय पव्लिक नमुना माध्यमिक विद्यालय घोराहीले हात पारेको छ । शान्ति निकेतन विद्यालयको आयोजना तथा तपस्या ट्रेडर्सको मुख्य प्रायोजन एवं क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा भएको प्रतियोगीताको फाइनलमा सिद्धार्थ एकेडेमी घोराहीलाई २० रनले पराजित गर्दै पद्मोदयले उपाधी हात पारेको हो । टस हारेर व्याटिङको निम्तो पाएको पद्मोदयले निर्धारित २० ओभरको खेलमा १९.५ ओभर खेल्दै ११८ रनको योगफल तयार पारेको थियो । जसमा पद्मोदयका युवराज सुवेदीले उत्कृष्ट पारी…

तपस्या ट्रेडर्स जिल्लास्तरिय स्कुल क्रिकेट, दाङ्ग : सिद्धार्थ र पद्मोदय फाइनल प्रबेस

दाङ, फागुन २४ शान्ति निकेतन विद्यालयको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा घोराहीमा जारी तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताको शनिबार हुने फाइनलमा सिद्धार्थ र पद्मोदय भिड्ने छन ! पहिलो सेमिफाइनल टस जितेर व्याटिङ रोजेको शान्ति निकेतन विद्यालयले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै ७८ रनको फोगफल तयार पारेको थियो । जसमा शान्ति निकेतनका प्रकाश खनालले नट आउट २३ र सुदन भण्डारीले १६ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । शान्ति निकेतनलाई सस्तैमा समेट्ने क्रममा सिद्धार्थका…

आठौ राष्ट्रिय ‘प्रदेश न ५’ महिला क्रिकेट छनोट : दाङ्गको टिम घोषणा

फाल्गुन १६, क्रिकेट हिमालय आठौ राष्ट्रिय खेलकुद अन्तर्गत 'प्रदेश न ५' को बाकेमा हुने महिला क्रिकेट टिमको छनोट प्रतियोगिताको लागि 'दाङ्ग' ले सर्मिला रोकामगरको कप्तानिमा १३ सदस्यीय टिम छनोट गरेको छ । १. शर्मिला रोका मगर (कप्तान), २. लक्ष्मी चौधरी, ३. मन्जु चौधरी, ४. सरस्वती जि एम, ५. मधु डि सी, ६. अनिता चौधरी, ७. ओम कुमारी बि क, ८. कमला घर्ती मगर, ९. अस्मिता मन्सुरी, १०. नगिता पुन, ११. बविता बि सी, १२. युवा शर्मा, १३. शारदा शर्मा, १४. समिता नेपाली प्रशिक्षकमा सन्जु छेत्री रहेका छन भने टिम ब्यवस्थापकमा ललित कुमार बिस्ट रहेका…

राजकुमार स्मृति स्कुल क्रिकेट, दाङ्ग : डिभाइन टेम्पल एकेडमी उपाधी बिजेता

लक्ष्मण बस्नेत /४ फागुन तुलसीपुर राज कुमार स्मृति अन्तर बिधालय स्तरिय टि -२० क्रीकेट प्रतियोगिता २०७५ को उपाधी डिभाईन टेम्पल एकाडेमी तुलसिपुरले चुमेको छ ! रोटरि क्लव अफ तुलसिपुर सिटि र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको सयुत्त आयोजनामा क्लवका सस्थापक अध्यक्ष स्वर्गीय राज कुमार श्रेष्ठको स्मृतिमा संचालित प्रतियोगिताको फाईनल खेलमा गोरखा माबी तुलसिपुरलाई ३ विकेटको अन्तरले पराजित गर्दै डिभाईनले उपाधी हात पारेको हो ! बिधालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना…

गोरखा माबी र डिभाईन एकेडेमी टि-२० क्रिकेट, दाङ्गको उपाधी होडमा

लक्ष्मण बस्नेत / ४ फागुन तुलसिपुर दाङ ! दाङ तुलसिपुरको अरनिको मैदानमा जारी स्वर्गीय राज कुमार स्मृति टि-२० क्रीकेट प्रतियोगिताको उपाधिका लागि गोरखा माबी तुलसिपुर र डिभाईन टेम्पल एकाडेमी तुलसीपुर भिड्ने भएका छन् ! रोटरी क्लब अफ तुलसीपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको सयुत्त आयोजनामा संचालित प्रतियोगिताको फाईनल भिड्न्त सनिवार बिहान ८ बजे पछि हुनेछ ! बिधालय स्तरमा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्य का साथ आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न कडा प्रतिस्पर्धा र रोमाञ्चक सेमिफाइनल खेलमा अमर बोर्डिङ…

अन्तर बिधालय टि-२० क्रिकेट, दाङ्ग : सेमिफाइनल समीकरण पूरा

फागुन २, तुलसीपुर, दाङ स्वर्गिय राज कुमार श्रेष्ठ स्मृति अन्तर विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिता २०७५ मा शुक्रबार देखि सेमिफाइनलका खेल सुरु हुदैछन । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा दाङ तुलसीपुरको अरनीको मैदानमा जारी प्रतियोगिता अन्तरगत सुपर फोरमा स्थान सुरक्षीत गर्न सफल चार टिम विच फाइनल यात्राका लागि भिड्न्त हुनेछ । आज भएको अन्तिम क्वार्टरफाईनलमा ज्ञानज्याेति स्कुलले अरनिकाे स्कुललाई ३२ रनले पराजित गरेकाे छ । टस जितेर पहिले ब्याटिङ्ग राेजेकाे ज्ञानज्याेति २० ओभरकाे…