Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Cricket Association of Rupandehi

रुपन्देहीमा चैत्र दोश्रो सातादेखी ‘च्यालेन्जर कप एकदिवसीय क्रिकेट’ हुँदै

चैत्र ५, क्रिकेट हिमालय रुपन्देही जिल्ला क्रिकेट संघको आयोजनामा चैत्रको दोश्रो हप्तादेखी 'च्यालेन्जर कप क्रिकेट' आयोजना हुने भएको छ | प्रतियोगितामा यो सिजनमा सम्पन्न टिपिएल, इन्टर कलेज र रुपन्देही सुपर लिगमा जिल्ला भरिका उत्कृष्ट ४२ जना खेलाडीहरुलाइ रुपन्देही रेड, ब्ल्यु र ग्रीन गरि ३ टिममा बिभाजन गर्दै डबल राउन्ड रोबिन एकदिवसीय लिग सन्चालन गर्ने जनाएको छ | दोश्रो चरणमा च्यालेन्जर्स कपबाट छनोट हुने उत्कृष्ट १४ जनाले प्रेसिडेन्ट ११ को नाममा केही अघि सम्पन्न रुपन्देही सुपर लिगको बिजेता लुम्बिनी खुकुरी क्लब बिरुद्ध…

रुपन्देहीमा सम्पन्न ‘अन्तर बिद्ध्यालय क्रिकेट’ को उपाधी बिजेता होराइजन गौतम स्कुल

मङ्सिर ४, क्रिकेट हिमालय रुपन्देहीमा सम्पन्न 'न्यु होराइजन इन्टर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता' अन्तर्गत न्यु होराइजन बोर्डिङ स्कुललाइ ७ रनले पराजित गर्दै होराइजन गौतम बुद्ध स्कुलले उपाधी जितेको छ | फाइनल खेलमा सुरुमा ब्याटिङ गर्दै होराइजन गौतम बुद्धले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ९० रन बनाएको थियो | उसका लागि निस्चल पराजुली २४, आरिफ खान १३ रन बनाएका थिए | न्यु होराइजनका लागि प्रकाश गिरि, अमर मिश्र, अनिस कुमारले समान १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको न्यु होराइजन अल आउट हुँदै ८३ रनमा समेटिएपछी ७ रनको…

‘प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघ’ को बैठक सम्पन्न, सम्रचना निर्माणमा केन्द्रित

कार्तिक ८, क्रिकेट हिमालय नेपाल क्रिकेट संघ (CAN) अन्तर्गतको 'प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघ' को बैठक आज रुपन्देहीमा सम्पन्न भएको छ | प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा सिद्धार्थ रंगशाला भैरहवामा आज सम्पन्न बैठकले केही दीर्घकालीन महत्वका निर्णयहरु गरेको छ, मुख्यतया प्रादेसिक क्रिकेट संघको प्रसासनिक र प्राबिधिक सम्रचना निर्माणमा बैठक केन्द्रित रहेको जनाइएको छ | बैठकले प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघको गतिविधि चुस्त रुपमा अघि बढाउन अध्यक्ष दुर्गा बहादुर थापाको…

नुसि कप, रुपन्देही : दोस्रो दिन गिर्वाण माबी बिजयी !

भाद्र ३१, बुटवल सम्बाददाता | क्रिकेट हिमालय रुपन्देही को जारी नुसि इन्टर स्कुल क्रिकेट प्रतियोगिता को दोस्रो दिनको दोस्रो खेलमा गिर्वाण माबी १ विकेट ले बिजयी भएको छ । दोस्रो दिनको पहिलो र तेस्रो खेल पानी पारेर स्थगित भएको थियो । पहिलो खेल पर्ल माबी र निलगिरी बोर्डिङ स्कुलको थियो भने तेस्रो खेल भैरहवा माबी र नवीन माबी को थियो । आज सरस्वती माबी सँग भएको खेलमा टस हारी ब्याटिङ सुरु गरेको सरस्वती माबी १५ ओभरमा ६१ रन मात्र बनाउन सक्यो । सरस्वती माबी को लागि सुरज रेग्मी ले १८ रन तथा सुरज खड्का ले ११ रन बनाउदा अन्य ब्याटिङ राम्रो…

नुसि कप पहिलो दिन : दोस्रो खेलमा पामिर एकेडेमी बिजयी

भाद्र ३०, बुटवल सम्बादाता | क्रिकेट हिमालय नुसि कप पहिलो दिनको दोस्रो खेलमा पामिर एकेडेमी ८ विकेट ले बिजयी भएको छ । टस जिति ब्याटिङ सुरु गरेको होराइजन ले एकदम खराब प्रदर्शन गर्दै ३७ रन मै सबै विकेट गुमाउदा मात्रै ३८ रन लक्ष्य प्रस्तुत गरेको थियो । सामान्य ३८ रनको लक्ष्य पामिर एकेडेमी ले मात्रै दुई विकेट को क्षति मा पूरा गर्दा होराइजन ८ विकेट को पराजय भोग्यो । पामिर एकेडेमी का हरि गिरि ३ विकेट लिदै दोस्रो खेल को म्यान अफ दि म्याच भए । आजै भएको पहिलो खेल मा स्मृति बोर्डिङ स्कुल ७ विकेटले बिजयी भएको थियो भने आजै तेस्रो खेल…

नुसि कप बुटवल : पहिलो दिनको पहिलो खेलमा स्मृति बोर्डिङ स्कुल बिजयी !

भाद्र ३०, बुटवल सम्बादाता | क्रिकेट हिमालय नुसि इन्टर स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको पहिलो खेलमा स्मृति ईंग्लिश बोर्डिङ स्कुल ७ विकेटले बिजयी भएको छ । टस जितेर ब्याटिङ सुरु गरेको लिटिल प्याराडाइज १४ ओभरमा सबै विकेट गुमाउदै मात्रै ५७ बनाएको थियो । लिटिल प्याराडाइजको लागि पबन वाग्लेले सर्वाधिक १८ रन बनाएका थिए । स्मृति बोर्डिङको तर्फबाट सोहिल सुनारले ह्याटि्रक सहित ३ विकेट लिदा बिनोदले समान ३ विकेट हात पारेका थिए । ५८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको स्मृति बोर्डिङले १२.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य…

नुसि इन्टर स्कुल जिल्ला स्तरीय प्रतियोगिता तीन दिन पछि सर्यो !

भाद्र २७/ क्रीकेट हिमालय/बुटवल सम्बाददाता आज बाट सुरु हुने भनिएको "नुसि जिल्ला स्तरिय इन्टर स्कुल प्रतियोगिता" तीन दिन पछि सरेको छ । देशभर परिरहेको अत्याधिक वर्षाले प्रतियोगिता प्रभावित भएको हो । मैदान जलमग्न हुदा खेल्न योग्य हुन केही दिन लाग्ने हुदा आयोजकले केही दिन पछि सारेको छ । नया मिति अनुसार उक्त नुसि कप भाद्र ३० गते सनिवार देखि सुरु हुने प्रतियोगिताका सम्योजक दिपक भुर्तेलले जानकारी दिए । नवजिबन खेल मैदान तिलोत्तमा १० नम्बरमा हुने प्रतियोगितामा रुपन्देही ३० स्कुलले सहभागी हुनेछन खेल २० ओभरको हुनेछ प्रतियोगिताको…

डिभिजन ‘बी’ को अन्तिम खेलबाट बुम एमसिसि रुपन्देहि सुपर लिगको डिबिजन ‘ए’ मा प्रबेश !

प्रकाश न्यौपाने भैरहवा, ९ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’ अन्तर्गतको अन्तिम खेलमा बुम एमसिसी क्रिकेट क्लब भैरहवाले बुटवल राइनोज क्रिकेट क्लब बुटवललाई ७ विकेटले पराजित गरेको छ । जितसँगै बुम एमसिसी डिभिजन ‘ए’ मा प्रवेश गरेको छ । ६१ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको बुम एमसिसीले निर्धारित ४० ओभरको खेलमा ३ विकेटको क्षतिमा ९ ओभर ४ बलमा लक्ष्य भेट्टाउँदै जित निकाल्यो । उसको जितमा तुलाराम थापाले नटआउट…