Cricket Himalaya
Cricket News From Top of The World

वोमेन्स क्रिकेट लिग (WCL) को नया मिति सार्बजनिक

भाद्र २३, क्रिकेट हिमालय क्विन्स इभेन्ट प्राली द्वारा काठमाडौमा आयोजना हुने महिला फ्रेन्चाइज्ड क्रिकेट लिग 'वोमेन्स क्रिकेट लिग (WCL) को नया मिति सार्बजनिक भएको छ | प्रतियोगिता यही २०७६ साल आश्विन २९ देखि कार्तिक ७ गते सम्म संचालन हुने जानकारी आयोजकले दिएको छ | यश अघि यो प्रतियोगिता असोज ३-११ सम्म हुने तय भएको थियो | प्रा. लि. ले उक्त प्रतियोगिताको लागी ५ फ्रेन्चाईज टिम र टिमको लागी मार्की खेलाडी साथै खेलाडीहरुको डाफ्ट प्रक्रिया मार्फत यस अघिनै सम्पन्न गरीसकेकोे छ | प्रतियोगिता खेल्न आवेदन दिएका खेलाडीहरूलाई नेपालमा…

सन्दिप आवद्ध बार्बाडोस पहिलो खेलमा गुयना बिरुद्ध पराजित

भाद्र २३, क्रिकेट हिमालय क्यारेबियन प्रीमियर लिग (CPL) अन्तर्गत सन्दिप आवद्ध बार्बाडोस ट्रीडेन्ट्सले आफ्नो पहिलो खेलमा गुयना बिरुद्ध ४७ रनको हार बेहोरेको छ | सुरुमा ब्याटिङ गरेको गुयानाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाएको छ | गुयानाका चन्द्रपल हेमराजले ६३ रन तथा निकोलस पुरनले अविजित ६१ रन जोडे | गुयना विरुद्धको खेलमा सन्दीपले मात्र १ ओभर बलिङ गर्दै ५ रन खर्चेका थिए | लक्ष पछ्याएको बार्बाडोस अहिले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३३ रनमा समेटिएपछि ४७ रनको हार बेहर्यो | एआर नर्सले २५ बलमा ४० रन बनाएका थिए |…

बार्बाडोस कमजोर अवस्थामा, सन्दिपले मात्र एक ओभर बलिङ्ग गरे

भाद्र २३, क्रिकेट हिमालय क्यारेबियन प्रीमियर लिग (CPL) अन्तर्गत सन्दिप आवद्ध बार्बाडोस ट्रीडेन्ट्सले आफ्नो पहिलो खेल गुयना बिरुद्ध खेल्दैछ | सुरुमा ब्याटिङ गरेको गुयानाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाएको छ | गुयानाका चन्द्रपल हेमराजले ६३ रन तथा निकोलस पुरनले अविजित ६१ रन जोडे | गुयना विरुद्धको खेलमा सन्दीपले मात्र १ ओभर बलिङ गर्दै ५ रन खर्चेका छन | लक्ष पछ्याएको बार्बाडोस अहिले ९.३ ओभरमा ६ विकेट गुमाउँदै ७५ रनको अवस्थामा रहेको छ |

नेपाल क्रिकेट संघ (CAN) को साधारणसभा असोज पहिलो हप्ता हुँदै

भाद्र २२, क्रिकेट हिमालय नेपाल क्रिकेट संघ (CAN) को केन्द्रिय कार्यसमितिको निर्वाचन असोज पहिलो हप्ता काठमाडौमा हुने भएको छ | आइसिसी स्वतन्त्र कमिटिले असोज ३-४ गतेलाइ केन्द्रिय कार्यसमितिको साधारणसभा प्रस्ताव गरेको जनाइएको छ | जिल्ला निर्वाचन सङ्गै सम्पुर्ण प्रादेशीक संघहरुको निर्वाचन सकिएसँगै अब केन्द्रीय समितको प्रक्रिया अघि बढ्ने भएको हो | क्यानको १७ सदस्यीय कार्यसमिती चयन गर्न हरेक जिल्लाका १-१ प्रतिनिधि गरि ३९ र प्रदेश मार्फत आएका केन्द्रिय प्रतिनिधि २० जना गरि कुल ५९ जना प्रतिनिधि केन्द्रिय कार्यसमितिको निर्वाचनमा…

अमित र किशोरको सिंगापुर भ्रमण सम्पन्न

भदौ २२, क्रीकेट हिमालय अमित श्रेष्ठ र किशोर महतोले सिंगापुर राष्ट्रिय क्रिकेट टिम बिरुद्ध क्रिकेट खेल्ने अवसर पाएका थिए। त्यसको लागि नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका अमित र किशोर दुवै २९ अगस्ट तारीखको राति सिंगापुर प्रस्थान गरेका थिए। सिंगापुरमा उनीहरु सम्मेलित टिमले सिंगापुर एघार संग ४ एकदिवसीय खेल खेलेको छ। ४ वटै खेलमा सिंगापुर एघार विजयी भएको छ। अमित श्रेष्ठको प्रदर्शन पहिलो खेलमा ब्याटिङ तर्फ अमीत पहिलो बलमै एल बि डव्लुको सिकार भएका थिए भने बलिङ गर्न पाएनन्। दोस्रो खेलमा पनि…

पवन र सन्दिपको अर्धसतक, टेस्ट नेसन बङ्गलादेस बिरुद्ध २६२ रनको लक्ष प्रस्तुत

भाद्र २२, क्रिकेट हिमालय एसियन क्रिकेट काउन्सिल द्वारा श्रीलन्कामा आयोजित 'एसिसी यु१९ कप' अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले बङ्गलादेसलाइ २६२ रनको लक्ष दिएको छ | टस हारेर सुरुमा ब्याटिङ गरेको नेपाल यु१९ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको छ | नेपालको लागि रित गौतमले ५३ बलमा ३२, पवन सर्‍आफले १०९ बलमा ८१, आसिफ सेखले १३ बलमा ३, कुसल मल्लले ३३ बलमा २८, रोहित पौडेलले २६ बलमा १४, सन्दिप जोराले ३७ बलमा ५६, भिम शार्किले १९ बलमा २१ रन बनाएका छन | बङ्गलादेसका लागि तन्जिब सकिबले २ र रकिबुल हसनले १ विकेट लिएका छन |

राजु बस्नेत अध्यक्ष, प्रदेस न ३ प्रादेसिक क्रिकेट संघको निर्वाचन सम्पन्न

भाद्र २१, क्रिकेट हिमालय राजु बस्नेतलाइ अध्यक्ष चयन गर्दै प्रदेस न ३ प्रादेसिक क्रिकेट संघको निर्वाचन मकवानपुर हेटौडा स्थित रिगल हेटौंडा रिसोर्ट्मा सम्पन्न भएको छ | निर्वाचित समिती अध्यक्ष : राजु बस्नेत, उपाध्यक्ष : प्रेम बहादुर छेत्री, सचिब : दुर्गाराज पाठक, कोसाध्यक्ष : अनिल अधिकारी सदस्यहरु : महेश्वरी डङोल, प्रज्वल सापकोटा, सुदिप पिया, रुपक रन्जित, सुजन महर्जन, अजयबिर पान्डे, अनुजमान श्रेष्ठ, राजु गुप्ता, उमेस पिया प्रदेस न ३ अन्तर्गत नेपाल क्रिकेट संघका काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर र चितवन गरि कुल…

एनआइसी एसिया साइम क्रिकेट : ब्रहास्मी एकेडमी ए उपाधी बिजेता

भाद्र २०, क्रिकेट हिमालय साइम कलेज द्वारा भेलोसिटी एरिनामा आयोजित 'एनआइसी एसिया साइम कलेज इन्डोर क्रिकेट प्रतियोगिता' को उपाधी ब्रहास्मी एकेडमी एले जितेको छ | पहिलो सेमिफाइनल : व्हाइटहाउस ए र ब्रहास्मी ए टस जितेर ब्रहास्मिले सुरुमा ब्याटिङ गर्दै १०८ रन बनाएको थियो | हिमान्शु साहिले २६ बलमा ४४ रन, उत्तम थापाले १० बलमा १७ रन बनाएका थिए | लक्ष पछ्याएको व्हाइटहाउस ७६ रनमा समेटिएपछि ३२ रनले पराजित रह्यो | सुबास बिक प्लेयर अफ द म्याच घोसित भएका थिए | दोश्रो सेमिफाइनल : ग्लेसियर कलेज र ब्रहास्मी बि टस हारेर सुरुमा ब्याटिङ…

नेपालले सिंगापुर र जिम्वावेसंग टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने

भदौ २०, क्रीकेट हिमालय सिंगापुर क्रीकेट संघको आयोजनामा सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बावे बिच टि-ट्वान्टी अन्तर्राष्ट्रिय ट्री-सिरिज हुने भएको छ। सिरिज असोज १० गतेदेखि १६ गतेसम्म हुनेछ। प्रतियोगिता डवल राउन्ड रोबिन लिगको आधारमा हुनेछ। प्रतियोगितामा शिर्ष २ टिम बिच फाइनल खेल समेत हुनेछ। लिग चरणमा नेपालले सिंगापुरसंग २ र जिम्बावेसंग २ गरि ४ खेल खेल्नेछ, त्यसपछि टप २ मा परेमा फाइनल खेल्नेछ। यो प्रतियोगिता खेलेर नेपाल असोज १८ देखि २३ सम्म ओमानमा हङकङ, आयरल्यान्ड, नेदरल्यान्डस्, ओमान र नेपाल सहभागी हुने पाँच…