Cricket Himalaya
Cricket News From Top of The World

एकेडमी क्रिकेट सिरिज, धनगढी : कैलाली जिल्ला क्रिकेट क्लब उपाधी बिजेता

भाद्र २७, लोकेस जोशी/धनगढी धनगढी किर्केट एकेडेमीको आयोजनामा धनगढीमा आज सम्पन्न अन्तर एकेडेमी किर्केट सिरिज-२०१९ को फाइनल खेल कैलाली जिल्ला किर्केट क्लव र काठमाडौको ओशिष किर्केट एकेडेमी वीच सम्पन्न भयो। जसमा ओशिष किर्केट एकेडेमीले टस जितेर पहिला कैलाली ब्याटिङको निम्तो दिएको हो। फलस्वरूप, कैलाली जिल्ला किर्केट क्लवले निर्धारित २० ओभरको खेलमा पुरै ओभर खेल्दै ८ विकेटको क्षति १३१ रन बनाउन सक्यो। ब्याटिङतर्फ कैलाली जिल्ला किर्केट क्लवका विकेटकिपर ब्याट्सम्यान राजन सिंहले सर्वाधिक ३९ रन बनाउदा कप्तान शेर मल्लले पनि ३५ रनको…

यु१६ झापा च्याम्पियन्स लिग : बर्षाले आजका दुबै खेल अवरुद्ध

भाद्र २७, क्रिकेट हिमालय मिलन क्रिकेट क्लब, झापाको आयोजनामा आजदेखि तुर्केनी खेल मैदानमा 'यु१६ झापा क्रिकेट च्याम्पियन्स लिग' सुरु भएको छ | पहिलो दिनको दुबै खेल बर्षाले गर्दा हुन सकेको, सबै टिमले अन्क बाडेको आयोजकले जनाएको छ | प्रतियोगितामा मेची राइनोज, राइजिङ्ग स्टार्स, मेल्टन लायन्स, नेपाली राइनोज, क्लासिकल इगल्स गरि कुल ६ टिमको सहभागीता रहेको छ | समुहका बिजेता टिमहरु फाइनल प्रबेस गर्ने आयोजकले जनाएको छ | प्रतियोगिता उत्कृष्ट हुने ब्याट्सम्यान र बलरले जनही रु ३५००, सेकेन्ड बेस्टले जनही रु २५०० र तेश्रो उत्कृष्टले जनही…

अस्ट्रेलियन ‘रेडब्याक्स लिग’ : सुनम गौतम साउथर्न फोर्समा आवद्ध

भाद्र २७, क्रिकेट हिमालय | उमेर समुहमा नेपालको रास्ट्रीय क्रिकेट खेलाडी रहिसकेका 'सुनम गौतम' अस्ट्रेलियामा हुँदै गरेको 'वेस्ट एन्ड रेडब्याक्स लिग' मा साउथर्न फोर्सबाट खेल्ने भएका छन | लिगमा इस्टर्न एज, नर्थर्न मभेरिक्स, साउथर्न फोर्स र वेस्टर्न ग्रीट गरि कुल ४ टिमको सहभागिता रहनेछ | अस्ट्रेलियाबाट बिश्वकपमा विकेटकिपर रहेका एलेक्स क्यारे, काने रिचर्डसन, एडम जाम्पा लगायतका अन्य स्टेट लेबलका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागी हुनेछन | टिम र खेलाडीहरु 1. Eastern Edge Dalton, Hunt, Page, Ross, Doyle, Zampa, Winter, L.…

जिल्ला क्रिकेट संघ सुर्खेतको बिज्ञप्ती, राखेप निर्देसनको घोर निन्दा

भाद्र २७, क्रिकेट हिमालय निलम्बन फुकुवा प्रक्रियामा रास्ट्रीय खेलकुद परिषदले भाजो हालेको जनाउदै उक्त कार्यको सुर्खेत जिल्ला क्रिकेट संघले घोर निन्दा र भर्त्सना गर्दै बिज्ञप्ती जारी गरेको छ | आइसिसी द्वारा निर्मित स्वतन्त्र समितिले आगामी असोज ३ र ४ मा नेपाल क्रिकेट संघको विशेष साधारणसभा डाकेको थियो, राखेप सदस्यसचिव रमेस सिलवालको उक्त साधारणसभा रोक्ने निर्देसन सङ्गै बढेको अन्योलता बिच जिल्ला क्रिकेट संघ सुर्खेतले संघर्ष गर्ने जनाउदै बिज्ञप्ती निकालेको जनाएको छ | बिज्ञप्ती

बर्दिया जिल्ला क्रिकेट संघको बिज्ञप्ती, निर्वाचन रोकिए कडा संघर्ष गर्ने

भाद्र २७, क्रिकेट हिमालय बर्दिया जिल्ला क्रिकेट संघले आइसिसीद्वारा निर्मित स्वतन्त्र समितिले आगामी असोज ३ र ४ गते तय गरेको नेपाल क्रिकेट संघको केन्द्रिय साधारणसभा रोक्न निर्देसन दिने रास्ट्रीय खेलकुद परिषदको निर्देसनको बिज्ञप्ती जारी गर्दै घोर भर्त्सना गरेको छ | उपरोक्त कार्यले नेपाल क्रिकेट संघ थप सन्कटमा पर्ने भन्दै अध्यक्ष बिनय राजभण्डारी द्वारा हस्ताक्षरित बिज्ञप्तीमा साधारणसभा अवरोध गर्ने जो सुकै होस बिरुद्धमा जिल्ला क्रिकेट संघले संघर्ष गर्ने जनाएको छ | बिज्ञप्ती

क्रिकेट संघ कंचनपुरको बिज्ञप्ती, सिलवालले निर्देसन फिर्ता गर्नुपर्ने धारणा

भाद्र २७, क्रिकेट हिमालय नेपाली क्रिकेटमा देखिएको पछिल्लो सन्कटको कारक मानिएको रास्ट्रीय खेलकुद परिषदको कदमको जिल्ला क्रिकेट संघहरुले खुलेर बिरोध गरेका छन | राखेपले आइसिसीद्वारा निर्मित स्वतन्त्र समितिलाइ नेपाल क्रिकेट संघको केन्द्रिय निर्वाचन रोक्न दिएको निर्देसन नियम बिपरित रहेको भन्दै जिल्ला क्रिकेट संघ कंचनपुरले बिज्ञप्ती जारी गरेको छ | बिज्ञप्ती

सुनसरी जिल्ला क्रिकेट संघको बिज्ञप्ती, परिषदको कदमको घोर भर्त्सना

भाद्र २७, क्रिकेट हिमालय रास्ट्रीय खेलकुद परिषदले आइसिसीद्वारा निर्मित स्वतन्त्र टोलिले आगामी असोज ३ र ४ गते घोषणा गरेको नेपाल क्रिकेट संघको केन्द्रिय साधारणसभाको निर्वाचन रोक्न निर्देसन दिएपछी जिल्ला क्रिकेट संघहरुले त्यसको व्यापक बिरोध गर्ने क्रम बढेको छ | जिल्ला क्रिकेट संघ सुनसरीले बिज्ञप्ती निकाल्दै राखेपको उपरोक्त कदमले नेपाली क्रिकेटको निलम्बन फुकुवा प्रक्रियामा गम्भीर धक्का लाग्ने जनाउदै निर्देसनको बिरोध गरेको छ | बिज्ञप्ती

सन्दिप लामिछाने बिबिएल टिम मेल्बर्न स्टार्समा लगातार दोश्रो बर्ष आवद्ध

भाद्र २७, क्रिकेट हिमालय अस्ट्रेलियन लिग 'बिग ब्यास लिग' अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछानेलाई 'मेल्बर्न स्टार्स' ले यो बर्षको लागी रि-साइन गरेको छ | मेल्बर्न स्टार्स टिम ग्लेन म्याक्सवेल (कप्तान), माइकल बिएर, ज्याक्सन बर्ड, स्कट बोल्याण्ड, लियाम बोवे, ड्वेन ब्राबो, ज्याक्सन कोलेम्यान, ट्रविस डिन, बेन डंक, सेब गोच, ईभान गुल्बिस, पिटर ह्याण्डकम, सन्दिप लामिछाने, निक म्याड्डीन्सन, जोनाथन मेर्लो, मार्कस स्टानोइस, ड्यानियल वोर्रल र एडम जाम्पा अघिल्लो सिजन सन्दिपको प्रदसन पहिलो खेल - ४ ओभर : (३४/२), दोश्रो खेल - ४…

कैलाली जिल्ला क्रिकेट संघको बिज्ञप्ती, राखेपलाइ प्रक्रिया नरोक्न चेतावनी

भाद्र २६, क्रिकेट हिमालय रास्ट्रीय खेलकुद परिषदले आइसिसीद्वारा निर्मित स्वतन्त्र समितिलाइ नेपाल क्रिकेट संघको असोज ३ र ४ मा हुँदै गरेको विशेष साधारणसभा रोक्न दिएको निर्देसन नियम सम्मत नभएको भन्दै कैलाली जिल्ला क्रिकेट संघले प्रेस बिज्ञप्ति मार्फत बिरोध जनाएको छ | प्रेस विज्ञप्ति नेपाल किर्केट संघ (CAN) को निर्वाचनका लागि असोज ३ र ४ गते स्वतन्त्र समितीले आह्वान गरेको साधारण सभा राष्ट्रिय खेलकुद परिषदले नियमसंगत नभएको भन्दै रोक्न निर्देशन दिएको कुराप्रती कैलाली जिल्ला किर्केट संघको गम्भीर ध्यानाकर्षण भएको छ। लामो समयदेखि…

झापामा ‘यु१६ क्रिकेट च्याम्पियनसीप’ भाद्र २७ देखि हुँदै

भाद्र २६, क्रिकेट हिमालय मिलन क्रिकेट क्लब, झापाको आयोजनामा भाद्र २७ देखि तुर्केनी खेल मैदानमा 'यु१६ झापा क्रिकेट च्याम्पियन्स लिग' आयोजना हुने भएको छ | प्रतियोगितामा मेची राइनोज, राइजिङ्ग स्टार्स, मेल्टन लायन्स, नेपाली राइनोज, क्लासिकल इगल्स गरि कुल ६ टिमको सहभागीता रहेको छ | समुहका बिजेता टिमहरु फाइनल प्रबेस गर्ने आयोजकले जनाएको छ |