Cricket Himalaya
Cricket News From Top of The World

पर्बत-बाग्लुङ ‘ए’ टिम मैत्रीपुर्ण क्रिकेट : बाग्लुङ ३ विकेटले बिजयी

चैत ९ बाग्लुङ

बाग्लुङ-ए र पर्बत-ए बिच भएको मैत्रीपुर्ण एकदिवसीय क्रीकेट खेलमा बाग्लुङ-ए ३ विकेटले बिजयी भएको छ ।

खराब मौसम र ग्राउण्ड अाउट फिल्डले गर्दा खेल ढिलो सुरु भएको खेल ३०/३० अोभरमा छोटाइएको थियो । खेलमा टस जितेर पर्वत- ए ले ब्याटिङ गर्ने निर्णय लियो । निर्धारित ३० ओभरमा ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पर्वत ए ले १७३ रन बनाउन सफल भयो । पर्वत-ए को‌ लागि कप्तान कमल रिजालले अविजित ४९ रन , पुस्कल गौडेलले २५ रन , मुनाल कुबरले १८ रनको पारी खेले । बलिङ तर्फ बागलुङ-ए का सुबास भण्डारीले ३ , सन्देश १ र प्रसान्तले १ विकेट लिन सफल भए ।

१७४ को लक्ष्य पछ्याउँदै बागलुङ-ए २६ अोबर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । बागलुङ-ए का लागि बिकासले ५२ , सचिनले ३५ , अनिषले २३ रनको पारी खेले । पर्वत-ए को बलिङतर्फ ईश्वर २, कमल , साइमन र सुर्दशनले समान १-१ विकेट लिन सफल भए ।

अर्धसतकीय पारि खेलेका बिकास थापा म्यान अफ दि म्याच घोषित भए ।

क्यानमा आवद्ध नरहेका यि दुई जिल्ला क्यानले अायोजना गर्ने प्रतियोगितामा भाग लिन नपाउने कुराले यहाँका खेलाडीहरको भबिस्य के हुने भन्ने कुरामा चिन्तित देखिएका थिए । क्यानमा आवद्ध नपाउने समय सम्म प्रतियोगितामा सहभागी हुन नपाउने भन्ने खेलाडीहरूको गुनासो गरेका छ ।