Cricket Himalaya
Cricket News From Top of The World

सिराहा जिल्ला क्रिकेट संघको बैठक सम्पन्न, जिल्ला स्तरीय छनोट चैत्र १५ देखि हुने

चैत्र ५, क्रिकेट हिमालय

अध्यक्ष सुनिल कुमार महासेठको अध्यक्षतामा जिल्ला क्रिकेट संघ, सिराहाको बैठक विभिन्न निर्णयहरु गर्दै आज सम्पन्न भएको छ |

आज सम्पन्न बैठकले उपाध्यक्ष विकल बिष्टको सम्योजकत्वमा श्यामबाबु यादब र अनिल शर्मा सदस्य रहनेगरी छनोट समिती निर्माण गरेको छ भने सिराहा जिल्ला पुरुष क्रिकेट टिमको प्रशिक्षकको रुपमा बिकल बिष्टलाई चयन गरेको छ |

सिराहा जिल्ला क्रिकेट टिमको छनोट क्याम्प आगामी चैत्र १५ गते देखि सन्चालन गर्ने निर्णय गरेको छ | छनोटमा सहभागी हुन इच्छुक जिल्ला स्थित खेलाडीहरुले चैत्र १२ गते सम्म रु ५ सय शुल्क तिरेर नाम दर्ता गर्न सकिने निर्णय भएको जनाइएको छ |

त्यसैगरी, महिला क्रिकेट टिमको छनोट क्याम्प चैत्र १० गते देखि हुने निर्णय गरिएको छ |