Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देहीमा चैत्र दोश्रो सातादेखी ‘च्यालेन्जर कप एकदिवसीय क्रिकेट’ हुँदै

चैत्र ५, क्रिकेट हिमालय

रुपन्देही जिल्ला क्रिकेट संघको आयोजनामा चैत्रको दोश्रो हप्तादेखी ‘च्यालेन्जर कप क्रिकेट’ आयोजना हुने भएको छ |

प्रतियोगितामा यो सिजनमा सम्पन्न टिपिएल, इन्टर कलेज र रुपन्देही सुपर लिगमा जिल्ला भरिका उत्कृष्ट ४२ जना खेलाडीहरुलाइ रुपन्देही रेड, ब्ल्यु र ग्रीन गरि ३ टिममा बिभाजन गर्दै डबल राउन्ड रोबिन एकदिवसीय लिग सन्चालन गर्ने जनाएको छ |

दोश्रो चरणमा च्यालेन्जर्स कपबाट छनोट हुने उत्कृष्ट १४ जनाले प्रेसिडेन्ट ११ को नाममा केही अघि सम्पन्न रुपन्देही सुपर लिगको बिजेता लुम्बिनी खुकुरी क्लब बिरुद्ध एकदिवसीय एलाइट कपको रुपमा ३ वटा एकदिवसीय खेल्नेछ |

अन्त्यमा प्रदेस न ५ स्तरीय क्रिकेट प्रतियोगिताको लागि रुपन्देही जिल्ला क्रीकेट टिम छनोट हुनेछ |

जिल्ला क्रिकेट संघले महिला क्रिकेट टिमको छनोट गर्न क्लोज क्याम्प समेत संचालन गर्ने जनाएको छ |