Cricket Himalaya
Cricket News From Top of The World

झापामा ‘दुई दिवसीय यु१६ दमक सुपर लिग’ चैत्र २९ देखि हुँदै

फाल्गुन १५, क्रिकेट हिमालय

प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टरको सहकार्यमा दमक क्रिकेट क्लब, झापाको आयोजनामा हम्से दुम्से सामुदायिक बन खेल मैदानमा आगामी चैत्र २९ देखि ‘सनबी यु१६ दमक सुपर लिग’ क्रिकेट आयोजना हुने भएको छ |

दुई दिवसीय ढाचाको प्रतियोगितामा कुल ६ यु१६ टिमहरुले सहभागीता जनाउने भएका छन | सहभागी टिमहरुलाइ दुई समुहमा बिभाजन गरिने छ, समुहको बिजेता प्रतियोगिताको फाइनल प्रबेस गर्नेछ |

सहभागी टिमहरु

प्याट्र्‍एयोटिक क्रिकेट ट्रेनिङ सेन्टर, सुनसरी जिल्ला क्रिकेट संघ, बिराटनगर क्रिकेट क्लब एन्ड एकेडमी, ग्रेट हिमालय क्रिकेट एकेडमी, ओसिस क्रिकेट एकेडेमी

सनबी सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रतियोगिताको टाइटल स्पोन्सर रहेको छ भने रास्ट्रीय क्रिकेट टिमका पुर्ब कप्तान पारस खडका ब्रान्ड एम्बेसडर रहेको आयोजकले जनाएको छ |

प्रतियोगिता हेर्न जाने हरेक दर्शक बराबर रु १ आयोजकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान सह्योगार्थ हस्तान्तरण गर्ने जनाएको छ |