Cricket Himalaya
Cricket News From Top of The World

डिभाइन इन्टर स्कुल टि२०, दाङ : हिमाल एकेडमी उपाधी बिजेता

फाल्गुन १३, क्रिकेट हिमालय

दाङ तुल्सिपुरमा भएको दोस्रो डिभाईन टेम्पल ईन्टर स्कुल टि-२० क्रीकेट को उपाधी हिमाल एकाडेमी तुलसिपुर ले हात पारेको छ |

डिभाईन टेम्पल एकाडेमी तुलसिपुर को आयोजना मा फागुन ८ गते देखि अरनिको मैदान तुलसिपुर मा संचालित प्रतियोगिता को मंगलबार सम्पन्न फाईनल खेलमा गोरखा मा.बि. तुलसिपुर लाई ५ रन ले पराजित गर्दै हिमाल एकाडेमी तुलसिपुर ले उपाधी चुमेको हो |

उपाधी संगै उसले नगद ३० हजार पुरस्कार ,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो !त्यस्तै फाईनलमा पराजित गोरखा माबी तुलसिपुर उपबिजेता मा सिमित रहदै नगद १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो |

२० ओभरको खेल मा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रीएको हिमाल एकाडेमी तुलसिपुर १९ दशमलव ४ ओभर को समाप्तिमा अल आउट हुँदै ७६ रन जोड्न सफल भयो ! जसमा प्रशान्त लामिछाने ले सर्वाधिक २८ रन को योगदान दिए भने प्रकाश चलाउने ले १५ रन जोडे |

बलिङ तर्फ गोरखा माबी का बिमल खत्री ३ र प्रबिण बिके ले २ विकेट लिए |

प्रतिउत्तरमा ७७ रन को बिजयी लक्ष्य पछ्याएको गोरखा माबी १९ दशमलव ४ ओभरमा अल आउट हुँदै ७१ मात्र जोड्न सक्यो ! जसमा धिरज डागी,अच्युत थापा र आयुस हमालले ब्यक्तिगत १२,११ र १० रन बनाए ! बलिङ तर्फ हिमाल का पुर्ण बहादुर ओलि ३, रोहन बिसि,३ र कपिल धिताल ले २ विकेट लिए |

रोहन बिसि म्याच अफ द फाईनल बनेका थिए |

पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभाईन ले बिधालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता मा पश्चिम दाङ अन्तरगतका निजि तथा सामुदायिक बिधालयका १० टिमको सहभागिता रहेको थियो !