Cricket Himalaya
Cricket News From Top of The World

बाके-बर्दिया हिसान कप, कोहलपुर : पहिलो दिन आदर्स र मोर्डर्न स्कुल बिजयी

माघ १८, क्रिकेट हिमालय

हिसान बाके-बर्दियाको आयोजनामा कोहलपुर मैदानमा आजबाट सुरु भएको ‘हिसान कप बाके बर्दिया’ अन्तर्गतको पहिलो दिनको खेलहरुमा आदर्स हायर सेकेन्डरी स्कुल र मोर्डन पब्लिक स्कुल बिजयी भएका छन |

पहिलो खेल : आदर्श हाइयर सेकेन्डरी स्कुल र ब्राइटल्यान्ड हाइयर सेकेन्डरी स्कुल

सुरुमा ब्याटिङ गर्दै ब्राइटल्यान्डले अलआउट हुँदै ३४ रन बनाएको थियो | प्रमित सिंहले ९, रिसब सोनिले ८ रन बनाएका थिए |

आदर्सका लागि उत्कर्स बिक र युनिस बिक्रम सिंहले समान ३/३ विकेट लिएका थिए |

लक्ष पछ्याएको आदर्सले ३ विकेट गुमाउँदै ३५ रन बनाएपछी सहज ७ विकेटको जित हात पार्यो | अभिषेक घटानेले ९, युवराज शर्माले ४* रन बनाएका थिए |

ब्राइटल्यान्डका लागि श्रीस चौधरी २, सागर योगिले १ विकेट लिएका थिए |

आदर्सका उत्कर्स बिक प्लेयर अफ द म्याच भएका थिए |

दोश्रो खेल : मोडर्न पब्लिक स्कुल र बाल बिद्ध्या मन्दिर

६७ रनको लक्ष पछ्याएको मोडर्नले मात्र ३ विकेट गुमाउँदै पूरा गरेपछी सहज ७ विकेटको जित हात पारेको थियो | बिपिन वलिले २५ बलमा २६, देबराज रानाले ३३ बलमा १८ रन बनाएका थिए |

बाल बिद्ध्याका लागि सागर जैसी २, मदन शर्माले १ विकेट लिएका थिए |

त्यसअघि सुरुमा ब्याटिङ गर्दै बाल बिद्ध्याले ६६ रन बनाएको थियो | प्रबिन कुरेलले ३६ बलमा २८, मोहन गोडियाले १० रन बनाएका थिए |

मोर्डनका लागि सजन पुनमगर, शिव पलले समान ३/३ विकेट, समर साहिले २ विकेट लिएका थिए |

मोर्डनका सजल पुनमगर प्लेयर अफ द म्याच घोसित भएका थिए |