Cricket Himalaya
Cricket News From Top of The World

विद्यालय स्तरीय छात्रा क्रिकेट, कैलाली : त्रिभुवन मावि फाईनल प्रबेस

धनगढी, माघ १५

धनगढीमा भईरहेको प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमिफाईनलमा विजयी हुँदै त्रिभसवन मावि फाईनल प्रवेश गरेको छ ।

कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा भईरहेको प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनलमा त्रिभुवनले राष्ट्रिय तुल्सीराम माविलाई ५७ रनले हराउँदै त्रिभुवन फाइईनल पुगेको हो ।

एसएसपी खेल मैदानमा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा टस हारेर पहिले व्याटिङ गर्दै त्रिभुवन माविले २० ओभरमा ७ विकेट क्षतिमा १०७ रन बनायो । सो पारीमा मन्जु चौधरीले २३ रन सरला वोगटीले १७ रन र अनिता मडईले १६ रन बनाईन् । राष्ट्रिय तुल्सीराम माविका लागि सुजाता चौधरी र दिक्षा रावतले दुई दुई विकेट तथा मनिषा वोहोराले एक विकेट लिईन् ।

१०८ रनको विजय लक्ष्य पछ्याएको राष्ट्रिय तुल्सीराम मावि भने १५ ओभरमा सवै विकेट क्षतिमा ५० रनमा समेटियो । राष्ट्रियका लागि मनिषा चौधरीले ८ रन र निता मगरले ६ रन बनाए । त्रिभसवनका लागि अनिता मडईले ४ विकेट मनिषा चौधरीले २ विकेट र निता मगरले एक विकेट लिईन् ।

प्रतियोगिता अन्तर्गत वुधवार नै हुने भनिएको दोस्रो सेमिफाईनल खेल भने वर्षाका कारण प्रभावित वनेको छ । शारदा मावि र व्रोड भिजन एकेडेमीको खेल वर्षाले प्रभावित पारेपछि रद्ध गरिएको हो । मौसम खुलेमा विहीवार दोस्रो सेमिफाईनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी आठ वटा टीमको जर्सीलाई विभिन्न ८ वटा व्यवसायिक संस्थाले जर्सी प्रायोजन गरेका छन् । प्रतियोगितामा सहभागी व्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन् । त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन्।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको छ ।
व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भईरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउनका लागि विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नलाई प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ