Cricket Himalaya
Cricket News From Top of The World

विद्यालय स्तरीय छात्रा क्रिकेट, कैलाली : व्रोड भिजन, त्रिभुवन र शारदा मावि सेमिफाईनलमा

धनगढी, माघ १३

कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा भईरहेको प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा सोमवार भएका खेलमा व्रोड भिजन, एरिष्टो स्कुल र शारदा मावि विजयी भएका छन् ।

सोमवारको पहिलो खेलमा व्रोड भिजनलाई लिटिल फ्लावरले ६ विकेटले हरायो । व्रोड भिजनले पहिले व्याटिङ गर्दै ६२ रन बनायो । प्रतिउत्तरमा लिटिल फ्लावरले ४ विकेट क्षतिमा विजय लक्ष्य भेटायो । हारका वाजवुत पनि यसअघिका दुई खेल जितेको व्रोड भिजन समुह ए बाट सेमिफाईनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा त्रिभुवन माविले एरिष्टो स्कुललाई २० रनले हरायो । त्रिभुवनले पहिलो व्याटिङ गर्दै १०२ रन बनायो । प्रतिउत्तरमा एरिष्टोले ८२ रन मात्रै बनाउन सक्यो । जितसँगै समुह ए वाट त्रिभुवन मावि पनि अन्तिम चारमा पुगेको छ । एरिष्टोसँगै लिटिल फ्लावर समुह ए वाट वाहिरिएका छन् ।

सोमवारकै तेस्रो खेलमा क्यास्पीयन एकेडेमीलाई शारदा माविले ६ विकेटले हरायो । पहिलो व्याटिङ गर्दै क्यास्पीयन २५ रनमा अलआउट भयो । प्रतिउत्तरमा शारदाले ४ विकेट क्षतिमा विजय लक्ष्य भेटायो । जितसँगै समुह वी बाट शारदा मावि पनि सेमिफाईनल प्रवेश गरेको छ ।

समुह वी बाट क्यास्पीयन एकेडेमी वाहिरिदा सेमिफाईनल पुग्ने चौथो टीमको टुङगो भने मंगलवार हुने लिग चरणको अन्तिम खेलले लगाउनेछ ।

प्रतियोगिता अन्तर्गत मंगलवार लिग चरणको अन्तिम एक खेल मात्रै हुनेछ । लिग चरणको अन्तिम खेलमा राष्ट्रिय तुल्सीराम मावि र धनगढी नमुना मावि प्रतिस्पर्धा गर्नेछन् ।

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि झण्डै एक लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी टीमलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुह ए मा व्रोड भिजन एकेडेमी, एरिष्टो ईङलिस स्कुल, त्रिभुवन मावि र लिटिल फ्लावर स्कुल रहेका छन् । त्यसैगरी समुह वी मा राष्ट्रिय तुलसीराम मावि, शारदा मावि, क्यास्पीयन एकेडेमी र धनगढी नमूना मावि रहेका छन ।

माघ १७ गतेसम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा सहभागी आठ वटा टीमको जर्सीलाई विभिन्न ८ वटा व्यवसायिक संस्थाले जर्सी प्रायोजन गरेका छन् ।

प्रतियोगितामा सहभागी व्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन् । त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन्।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको छ ।

व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भईरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउनका लागि विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नलाई प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।