Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस क्रिकेट एकेडमी ‘नेक्सस यु१६ कप क्रिकेट’ को उपाधी बिजेता

काठमाण्डौ १० माघ ।

काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करणको फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (के सी टि सी) लाई ६४ रनले पराजित गर्दै नेक्सस क्रिकेट एकेडेमीले नेक्सस कपको उपाधी जितेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले निर्धारीत २० ओभर खेल्दै ४ बिकेटको क्षेतीमा १५६ रन बनाएको थियो । नेक्ससका लागी म्यान अफ द म्याच घोषित सुबास ऐरले ४५ बलमा २ छक्का ११ चौका प्रहार गर्दै ७९ बनाएका थिए भने बिपीन शाहीले ५ चौका प्रहार गर्दै ५० बलमा ५० रन बनाएका थिए ।

बलिङ तर्फ के सी टि सी का बिस्व कार्की र अथर्ब पौडेलले समान १÷१ बिकेट लिएका थिए ।

१५७ रनको लक्ष्य पछ्याउदै जवाफी ब्यटिङमा उत्रेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (के सी टि सी) ले २० ओभरमा ८ बिकेट गुमाउदै ९२ रन मात्रको योगफल बनाउन सफल भएको थियो । के सी टि सी का गोपाल जि सी ले १५ रन बनाउदा दिपक डुम्रे र हेमु यादबले समान १४÷१४ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ नेक्ससका क्रिस कार्कीले ४ ओभरमा १३ रन खर्चिदै ३ बिकेट लिए भने बिशाल केसीले ४ ओभरमा १२ रन दिदै २ बिकेट लिएका थिए ।

प्रतियोतामा म्यान अफ द सिरजि नेक्ससका बिशाल केसी घोषित भए भने बेष्ट बलर जिएचसीएका बिशाल पटेल र बेष्ट ब्याट्सम्यान जिएचसीएकै दिपक बोहोरा घोषित भएका थिए ।

उदयमान खेलाडीको उपाधी देउखुरी क्रिकेट एकेडेमीका ११ बर्षीय जिबन खनालले जितेका छन ।

कागेश्वरी मनोहराका मेयर कृष्णहरी थापाले एक समारोहका बिच बिजेता टिमलाई नगद रु १,११,०००, ट्रफी,मेडल र प्रमाण पत्र र उप बिजेता लाई नगद रु ७५,०००,ट्रफी,मेडल र प्रमाण पत्र बितरण गर्नु भयो ।