Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर ‘नेक्सस यु१६ कप’ को फाइनलमा प्रबेश

काठमाण्डौ ९ माघ

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण अन्तरगत सम्पन्न सेमिफाईनल खेलहरुमा नेक्सस क्रिकेट एकेडेमी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी हुदै फाइनल प्रबेश गरेका छन ।

पहिलो खेल वाई वाई जीएच सीएलाई नेक्सस क्रिकेट एकेडेमीले २ बिकेटले पराजित गर्यो भने दोस्रो खेल चितवन क्रिकेट क्लबलाई काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ८ बिकेटले पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वाई वाई जीएच सीएले निर्धारित २० ओभरमा ७ बिकेट गुमाउदै ८१ रन बनाउन सफल भएको थियो । वाई वाई जीएच सीएका लागि बिशाल पटेलले १८ रन र अमित खड्काले १५ रन बनाएका थिए ।

बलिङ तर्फ नेक्सस क्रिकेट एकेडेमीका अनुराग सिंहले २ बिकेट लिए भने क्रिस कार्की र सन्देश पाण्डेले समान १÷१ बिकेट लिएका थिए ।

८२ रनको लक्ष्य पछ्याउदै जवाफी ब्यटिङमा उत्रेको नेक्सस क्रिकेट एकेडेमीले १६.५ ओभरमा ८ बिकेट गुमाउदै ८२ रन बनउदा लक्ष्य पुरा गरेको थियो । नेक्सस क्रिकेट एकेडेमीका लागि सुबास ऐरले २० रन, आदित्य सुबेदीले १७ र क्रिस कार्कीले १६ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ वाई वाई जीएचसीएका बिशाल पटेलले ३ बिकेट लिएका थिए । त्यस्तै आरियो पौडेलले २ बिकेट र दिपक बोहोराले १ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच नेक्ससका क्रिस कार्की घोषित भएका थिए ।

दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको चितवन क्रिकेट क्लब १४.३ ओभर खैल्दै सम्पुर्ण बिकेट गुमाएर ३९ रनमा समेटिएको थियो | चितवनका लागि प्रशान्त महतले ११ रन बनाउदा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ तर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका गोपाल जि सीले ४ बिकेट लिदा अथर्ब पौडेल र बिबेक दराईले समान २÷२ बिकेट लिए ।

झिनो लक्ष्य पछ्याउदै ब्यटिङमा उत्रेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ९.२ ओभरमै २ बिकेट गुमााउदै ४२ रन बनाएर लक्ष्य भेट्टाएको थियो ।

बलिङ तर्फ चितवन काकिर्जन गुरुङले १ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच केसिटिसीका गोपाल जिसी घोषित भएका थिए ।