Cricket Himalaya
Cricket News From Top of The World

अन्तर्राष्ट्रिय महिला क्रिकेट, भारत : आरसिडब्लु (नेपाल) सेमिफाइनल प्रबेस

माघ ८, क्रिकेट हिमालय

टिकमगढ, मध्यप्रदेस,भारतमा जारी ‘अमर सहित अन्तराष्ट्रीय महिला क्रिकेट टूर्नामेंट’ मा नेपाल (राइजिङ्ग क्रिकेट फर वुमन) महिला टिमले राजस्थान महिला क्रिकेट टिमलाइ ४५ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रबेस गरेको छ |

आरसिडब्लुले सुरुमा ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो | आरती बिडारिले २१ बलमा ३८, लक्ष्मी साउदले २० बलमा २७, रुवि पोद्धारले ११ बलमा १७, शान्ती खतिवडाले ९ बलमा १७ रन बनाएका थिए |

लक्ष पछ्याएको राजस्थान ५ विकेट गुमाउदै १०६ रनमा सिमित भएपछी ४५ रनको हार बेहर्यो |

आरसिडब्लुका लागि खुसी डङ्गोलले २, डलि भट्ट १, क्रीस्मा गुरुङ्ग १ विकेट लिएका थिए |

पहिलो खेलमा आरसिडब्लुले पन्जाबको टिम बिरूद्ध १६३ रनको जित हासिल गर्न सफल भएको थियो |

प्रतियोगितामा युपि, दिल्ली, नेपालको आरसिडब्लु, बिदर्भ, राजस्थान, टिकमगढ, पन्जाब र मध्यप्रदेस प्रतिष्ठित महिला टिमहरुको सहभागीता रहेको छ |