Cricket Himalaya
Cricket News From Top of The World

डब्लु सि एल-२, नेपाल सिरिजका लागि ‘ओमान’ को टिम घोषणा

माघ ७, क्रिकेट हिमालय

आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ (डब्लुसिएल लिग-२) अन्तर्गत किर्तिपुर स्थित टियु क्रिकेट मैदान, नेपालमा आगामी माघ २२ देखि सुरु हुने ‘नेपाल-ओमान-युएसए’ एकदिवसीय सिरिजका लागि ओमानको १४ सदस्यीय क्रिकेट टिम घोषणा गरेको छ |

जिशन मकसुद (कप्तान), अकिब इल्यास, जतिन्दर सिंह, खावर अलि, सनुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गोउड, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमद फय्याज बुट, कलिमुल्लाह, बिलाल खान

ब्यवस्थापकमा मधु जेस्रानी, प्रशिक्षकमा दुलिप मेन्डिस, सहायक प्रशिक्षकमा मजहर सलिम खान, ट्रेनरमा एभरहार्डुस लौबस्चेर, भिडियो एनालिस्ट जेसन अहमद सिद्धिकी, फिजियोमा सिन नोवाक रहेका छन |

टाइसिट

आइसिसी मेन्स क्रिकेट बिश्वकप लिग-२ (डब्लुसिएल-२) मा नेपाल, स्कटल्याण्ड, युएइ, युएसए, ओमान, नामिबिया, पपुवान्युगिनी गरि कुल ७ टिमहरु रहेका छन |

२०१९-२०२२ अवधिमा कुल २१ वटा सिरिजहरु डब्लुसिएल-२ अन्तर्गत हुनेछन, हरेक टिमले ३ वटा होम र ६ वटा अवे सिरिज अन्तर्गत कुल ३६ वटा एकदिवसीय खेलहरु खेल्नेछन |

लिग-२ को टप ३ देशहरु २०२३ को बिश्वकपको लागि ‘बिश्वकप छनोट’ मा सिधै प्रबेस गर्नेछन भने बाकी ४ देशहरुले क्वालिफायर प्ले अफ खेल्नुपर्नेछ |

अन्क तालिका