Cricket Himalaya
Cricket News From Top of The World

नेपाल आर्मी क्लब ‘एम एम कप एकदिवसीय रास्ट्रीय क्रिकेट’ को बिजेता

माघ ४, क्रिकेट हिमालय

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश न १ कमिटी र इनरुवाको आयोजनामा इनरुवा रंगशाला ग्राउन्ड, सुनसरिमा पौष १५ देखि जारी दोश्रो संस्करणको ‘मनमोहन रास्ट्रीय एकदिवसीय क्रिकेट लिग’ को फाइनल खेलमा  नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै नेपाल आर्मी क्लबले उपाधी जितेको छ |

सुरुमा ब्याटिङ गरेको आर्मिले ४८.५ ओभरमा अलआउट हुँदै १८४ रन बनाएको थियो | बिनोद भन्डारिले ६६ बलमा ४०, राजेस पुलामीमगरले ४९ बलमा ३१ रन बनाएका थिए | पुलिसका लागि दिपेन्द्र ऎरि, ललित सिंह भन्डारी, सागर ढकालले समान ३/३ विकेट लिएका थिए |

लक्ष पछ्याएको पुलिस २४.४ ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो | अमित श्रेष्ठले २३, अनिल साहले २१, कुशल भुर्तेलले ३१ रन बनाएका थिए | आर्मिका लागि सुशन भारिले ४, साहब आलमले ३, कुशल मल्लले  २ विकेट लिएका थिए |

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, प्रदेश न १, २, ३, गन्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश, मलेसिया रास्ट्रीय क्रिकेट टिम र आयोजक टिम एमएमसिसि गरि कुल १२ टिमहरुको सहभागीता रहेको थियो |

प्रतियोगिताको बिजेता आर्मिले नगद रु ४ लाख ५ हजार प्राप्त गर्यो भने उपबिजेता पुलिसले रु २ लाख ५ हजार प्राप्त गरेको छ |

सेमिफाइनलमा पराजित हुने दुबै टिमहरु प्रदेश न ३ र सुदुर पश्चिम प्रदेशले रु ३०/३० हजार प्राप्त गरेका छन |