Cricket Himalaya
Cricket News From Top of The World

एमएम कपको दोश्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र प्रदेश न ७ भिड्दै

माघ २, क्रिकेट हिमालय

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेस न १ कमिटी र इनरुवाको आयोजनामा इनरुवा रंगशाला ग्राउन्ड, सुनसरिमा पौष १५ देखि जारी दोश्रो संस्करणको ‘मनमोहन रास्ट्रीय एकदिवसीय क्रिकेट लिग’ को दोश्रो सेमिफाइनल खेल आज नेपाल पुलिस क्लब र प्रदेस न ७ बिच हुदैछ |

हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्रदेस न ३ लाई पराजित गर्दै आर्मि फाइनल प्रबेस गरिसकेको छ |

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, प्रदेस न १, २, ३, ४, ५, ६ र ७, मलेसिया रास्ट्रीय क्रिकेट टिम र आयोजक टिम गरि कुल १२ टिमहरुको सहभागीता रहेको थियो |

लिग कम नकआउट फर्म्याटमा सन्चालन भएका प्रतियोगितामा सहभागी टिमहरुलाइ ४ ग्रुपमा बिभाजन गरिएको थियो, ग्रुपको उत्कृष्ट टिमहरु सेमिफाइनल प्रबेस गरेका थिए |

प्रतियोगिताको बिजेताले नगद रु ४ लाख ५ हजार, उपबिजेताले रु २ लाख ५ हजार, सेमिफाइनलमा पराजित हुने दुबै टिमलाइ रु ३० हजार, हरेक दिनको प्लेयर अफ द म्याचले रु ३२ हजार ५ सय, म्यान अफ द सिरिजले रु ५५ हजार सङ्गै उच्च रनकर्ता, उच्च विकेट टेकर, उच्च छक्का प्रहार गर्ने खेलाडीहरुले आकर्षक पुरस्कार प्राप्त गर्ने छन |