Cricket Himalaya
Cricket News From Top of The World

टि१० लिग, झापा : होराइजन र धुलावारि प्रतियोगिताको फाइनलमा प्रबेस

माघ १, क्रिकेट हिमालय

काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत बुधबार सम्पन्न सेमीफाइनल खेलमा विजयी बनेका होराइजन र धुलाबारी फाइनल प्रवेश गरेका छ्न |

लिग अन्तर्गत पहिलो सेमीफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजनले २ विकेटको क्षतीमा १५४ रन जोडेको थियो । १५५ रनको टार्गेट लिएर मैदान उत्रिएको स्टन बुलेट क्रिकेट क्लब सुनसरीले १० ओभरमा अलआउट हुँदै ४२ रनमा समेटियो ।

उक्त खेलको म्यान अफ दी म्याच होराइजनका निरोज मुखिया घोषित भए ।

३२ बलमा ९६ रन जोडेका उनलाई झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङले नगदराशीसहित पुरस्कृत गरे ।

त्यस्तै, बुधबार नै भएको अन्तिम सेमीफाइनल खेलमा टस जितेर फिल्डिङ रोजेको आयोजक मिलन क्रिकेट क्लब काँकरभिट्टा १०७ रनले पराजित भयो । पहिलो ब्याटिङ गरेको धुलाबारी १० ओभर खेल्दा ४ विकेटको क्षतीमा १३३ रन जोडेको थियो ।

सो खेलको म्यान अफ दी म्याच धुलाबारीका सुरज खड्का घोषित भए ।

७ बलम ३८ रन जोडेका उनलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमले नगद राशीसहित पुरस्कृत गरिन् ।

प्रतियोगिताको फाइनल खेल माघ ४ गते शनिबार हुने आयोजक क्लबका अध्यक्ष वीरु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ नगदराशीसहित ट्रफि पाउनेछन् ।