Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश नम्बर ३ लाई पराजित गर्दै आर्मी एमएम कपको फाइनलमा प्रबेस

माघ १, क्रिकेट हिमालय

प्रदेश नम्बर–३ लाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बुधबार सम्पन्न सेमीफाइनलमा आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर ३ ले ३८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा प्रदेश–३ को लागि सोनु तामांगले सर्वा्धिक ७४ रन बनाए जुन क्रममा ७५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे। इशान पाण्डेले १७ तथा सुबास खकुरेलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रदेश ३ को बलिंगमा देब्रे हाते स्पिनर सुशन भारिले सर्वा्धिक ३ विकेट लिए । भारिले ८.१ ओभरमा ३ मेडन ओभर गर्दै २३ रन खर्चिए। अर्का देब्रे हाते स्पिनर शाहब आलमले २ विकेट तथा बिक्रम सोब, हरि बहादुर चौहान , हरि कृष्ण झा र कुशल मल्लले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग रोजेको आर्मीले निर्धा्रित ४७ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। ढिला सुरु भएका कारण खेल ४७ ओभरमा झारिएको थियो ।

आर्मीको लागि ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले सर्वा्धिक ४३ रन बनाए जुन क्रममा ७३ बलमा ३ चौका प्रहार गरे। यस्तै कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्का मदतले ३७ रन बनाए । रोहित पौडेलले २९, बिक्रम सोबले २४, राजेश पुलामीले १७ तथा भिम शार्कीले १५ रन बनाए ।
प्रदेश–३ को बलिंगमा तिब्र गति बलर गौतम केसीले ४ विकेट लिए जुन क्रममा ७.३ ओभर बलिंग गदै २२ रन खर्चिए। तिलक राज भण्डारी, नन्दन यादब र इशान पाण्डेले समान २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिए।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेलमा बिहिबार नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल शनिवार हुनेछ ।