Cricket Himalaya
Cricket News From Top of The World

एम एम कप पहिलो सेमिफाइनल : आर्मीद्वारा प्रदेश न ३ लाई २१७ रनको लक्ष

माघ १, क्रिकेट हिमालय

मनमोहन क्रिकेट सेन्टरको आयोजना एवम इनरुवा नगरपालिकाको सहयोगमा इनरुवामा जारी ‘मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगिता’ अन्तर्गत पहिलो सेमिफाइनल खेल प्रदेस न ३ र नेपाल आर्मी क्लब बिच आज हुदैछ |

सुरुमा ब्याटिङ गरेको आर्मिले ४६.३ ओभरमा अलआउट हुँदै २१६ रन वनाएको छ | अनिल मन्डलले ७३ बलमा ४३, रोहित पौडेल ३७ बलमा २९, राजेस पुलामीमगर १५ बलमा १७, भिम सार्की २८ बलमा १५, कुशल मल्ल २६ बलमा ३७, बिक्रम सोबले ३३ बलमा २४ रन बनाएका थिए |

प्रदेस न ३ का लागि गौतम केसि ४, तिलक भन्डारी २, नन्दन यादब २, इशान पान्डेले २ विकेट लिएका थिए |

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, प्रदेस न १, २, ३, ४, ५, ६ र ७, मलेसिया रास्ट्रीय क्रिकेट टिम र आयोजक टिम गरि कुल १२ टिमहरुको सहभागीता रहेको थियो|

प्रतियोगिताको बिजेताले नगद रु ४ लाख ५ हजार, उपबिजेताले रु २ लाख ५ हजार, सेमिफाइनलमा पराजित हुने दुबै टिमलाइ रु ३० हजार, हरेक दिनको प्लेयर अफ द म्याचले रु ३२ हजार ५ सय, म्यान अफ द सिरिजले रु ५५ हजार सङ्गै उच्च रनकर्ता, उच्च विकेट टेकर, उच्च छक्का प्रहार गर्ने खेलाडीहरुले आकर्षक पुरस्कार प्राप्त गर्ने छन |

टाइसिट