Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप आवद्ध मेल्बर्न स्टार्सको दशौ प्रतिद्वन्द्वी ‘पर्थ’

माघ १, क्रिकेट हिमालय

अस्ट्रेलियामा पौष १ – माघ २५ सम्पन्न सन्चालन हुने प्रतिष्ठित ‘बिग ब्यास लिग’ अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध ‘मेल्बर्न स्टार्स’ ले दशौ खेल दिउँसो ३.५५ बजे पर्थ बिरुद्ध खेल्दैछ |

मेल्बर्न स्टार्सको प्रदसन

पहिलो खेल : ब्रीसबेन हिटलाई १३ रनले पराजित दोश्रो खेल : होबार्ट हुरिकेन्स बिरुद्ध ५२ रनले बिजयी तेश्रो खेल : एडिलेड स्ट्राइकर्स बिरुद्ध ५ रनको हार चौथो खेल : होबार्ट हुरिकेन्सलाई डिएल मेथडमा ४ रनले पराजित

पाचौ खेल : सिडनी थन्डरलाइ ३ विकेटले पराजित छैठौ खेल : मेल्बर्न रेनेगेडस बिरुद्ध ८ विकेटको जित सातौ खेल : सिडनी थन्डर्सलाइ ६ विकेटले पराजित आठौ खेल : मेल्बर्न रेनेगेडसलाइ ७ विकेटले पराजित नवौ खेल : सिडनी सिक्सर्सलाई ४४ रनले पराजित

सन्दिपको प्रदसन

पहिलो खेल : ४-०-३८-१, दोश्रो खेल : ४-०-१८-१ तेश्रो खेल : ३-०-१५-१, चौथो खेल : २-०-११-० पाचौ खेल : रेस्ट, छैठौ खेल : ४-०-२६-३

सातौ खेल : ४-०-३९-०, आठौ खेल : ४-०-३९-२ नवौ खेल : ४-०-३५-१

अन्कतालिका

मेल्बर्न स्टार्स टिम

ग्लेन म्याक्सवेल (कप्तान), माइकल बिएर, ज्याक्सन बर्ड, स्कट बोल्याण्ड, लियाम बोवे, ड्वेन ब्राबो, ज्याक्सन कोलेम्यान, ट्रविस डिन, बेन डंक, सेब गोच, ईभान गुल्बिस, पिटर ह्याण्डकम, सन्दिप लामिछाने, निक म्याड्डीन्सन, जोनाथन मेर्लो, मार्कस स्टानोइस, ड्यानियल वोर्रल र एडम जाम्पा

अघिल्लो सिजन सन्दिपको प्रदसन

अघिल्लो सिजन सन्दिप लामिछानेले मेल्बर्न स्टार्सका लागि ७ खेल खेल्दै २५.४ ओभरमा १७७ रन दिएर ११ विकेट लिएका थिए |

बिग ब्यास लिग

बिग ब्यास लिगमा कुल ८ टिमहरु एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर रहेका छन |