Cricket Himalaya
Cricket News From Top of The World

खेलाडी उत्पादन गर्ने उद्धेस्य सहित सप्तरीमा ‘क्रिकेट बिकास प्रतिष्ठान’ स्थापना

२९ पौष राजबिराज ।

भविष्यमा राष्ट्रलाई सप्तरीबाट स्तरीय खेलाडि दिने उद्धेश्यका साथ ‘क्रिकेट बिकास प्रतिष्ठान’ को स्थापना गरिएको छ ।

प्रतिष्ठानको आयोजनामा मंगलवार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरुले सप्तरीको क्रिकेट बिकासलाई ग्रासरुट बाटै लान सुझाएका छन । सप्तरीको क्रिकेट बिकासका लागि प्रत्येक बिद्यालयहरु समेत जिम्मेवार भई क्रिकेटको आधारभुत ज्ञान दिनु आवश्यक रहेकोले तत्काल बिद्यालयका बालबालिकाहरुलाई प्रशिक्षणको व्यवस्थापन मिलाउन समेत सुझाएका थिए ।

कार्यक्रममा बिद्यालयका प्रअहरुले बालबालिकाहरुको कौशललाई निर्खानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले सप्तरीमा खेल गतिबिधी निरन्तर भएता पनी आवश्यक्ता अनुसारका क्रिकेट मैदान नभएकोले सो तर्फ समेत ध्यान दिनु पर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष शैलेश कुमार चौधरीले क्रिकेट बिकास प्रतिष्ठानलाई सप्तरी क्रिकेट संघ संगको सहकार्यमा बिद्यालयका स्तरीय खेलाडिलाई प्रशिक्षण तथा स्तरीय क्रिकेट एकेडेमी संचालन गर्न समेत सुझाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले सप्तरीको क्रिकेटलाई माथिल्लो स्तरसम्म पुगाउन सप्तरी क्रिकेट संघसंगको सहकार्यमा आफनो पुर्ण सहयोग रहने जानकारी गराउदै आफु नेपाल भ्रमण बर्ष २०२० को सप्तरी संयोजक समेत रहेकोले निकट भविष्यमा नै राष्ट्रिय स्तरको प्रतियोगिता गरिने जानकारी समेत गराउनु भएको थियो ।

क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ईन्द्र नारायण देवले सप्तरीको क्रिकेट बिकासको लागि ग्रासरुटबाटै खेलाडि उत्पादन गर्नका लागि बन्दशिविरको आयोजना संगै एकेडेमी निर्माण समेत गर्न पहल गर्ने जानकारी गर्दै अगामि दिनमा स्तरीय खेलाडि उत्पादनका लागि बिभिन्न कार्यक्रमहरुको समेत आयोजना गर्ने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ठ पत्रकार शिवहरि भटराई, बरिष्ठ पत्रकार मुरलि यादव, बरिष्ठ पत्रकार बैधनाथ यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, निजामति कर्मचारी महासंघ सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले आआफनो मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन प्रतिष्ठानका नन्दकिशोर गुप्ताले गरेका थिए ।