Cricket Himalaya
Cricket News From Top of The World

अन्तरबिद्ध्यालय जिल्ला स्तरीय क्रिकेट, सप्तरी : दुर्गा सेकेन्ड्री स्कुल सेमिफाइनल प्रबेस

२९ पौष राजबिराज ।

सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित अन्तर बिद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा दुर्गा सेकेण्ड्रीले प्रिमियर सेकेण्ड्रीलाई ५ बिकेटले पराजित गर्दै सेमिफाईनलको लागि आफनो स्थान पक्का गरेको छ ।

प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानी १ सय १ रनको योगफल तयार पारका थिए । प्रिमियरका लागि रोहित भगत र युवराज साहले सामान २५ रन तथा प्रदिप यादवले १९ रनको योगदान दिएका थिए ।
बलिंग तर्फ दुर्गाका भिम यादवले ३ तथा सफल थापाले १ बिकेट लिएका थिए ।

१ सय २ रनको लक्ष्य लिई मैदानमा ओर्लेको दुर्गाले उक्त लक्ष्य सजिलै १६ ओभर ५ बलमा ५ बिकेटको नोक्सानीमा भेटाएका थिए । दुर्गाका लागि अभिशेक कार्कि २४ र सुमित झाले १० तथा निलेश देवले १३ रनको योगदान दिएका थिए भने सफल थापा ११ र श्रवण मुखिया ७ रनमा नटआउट रहेका थिए ।

बलिंग तर्फ प्रिमियरका रोहित भगतले २ तथा मो. सदाम र जय यादवले सामान १ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच दुर्गा सेकेण्ड्री स्कुलका भिम यादवलाई सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले नगद तथा ट्रफि प्रदान गरेका थिए ।

प्रतियोगिता अन्र्तगत बुधवार श्रृजना सेकेन्ड्री स्कुल र लिटल एन्जल सेकेण्ड्री स्कुल बिच हुने जानकारी आयोजक समितिका संयोजक खेलानन्द दासले गराउनु भएको छ ।