Cricket Himalaya
Cricket News From Top of The World

पर्सौनी टि२० क्रिकेट, बारा : कलैया क्रिकेट क्लब सेमिफाइनल प्रबेस

पौष २९, क्रिकेट हिमालय

पर्सौनी गाउँपालिका द्वारा संचालित टि२० नकआउट क्रीकेट प्रतियोगिता अन्तर्गत कलैया क्रिकेट क्लबले आज सम्पन्न खेलमा मोतिहारी स्पोर्ट्स क्लबलाइ पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रबेस गरेको छ |

सुरुमा ब्याटिङ गरेको मोतिहारिले १९ ओभरमा अलआउट हुँदै १०४ रन बनाएको थियो |

लक्ष पछ्याएको कलैयाले १७ ओभरमा १ विकेट गुमाउदै १०५ रन बनाएपछी सहज ९ विकेटको जित हात पार्यो | साहिल पटेलले ५४* रन, तृतराज दासले ३५* रनको योगदान दिएका थिए |

कलैयाका कुमार थापा प्लेयर अफ द म्याच घोसित भएका थिए |