Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस यु१६ क्रिकेट : वाई वाई जीएचसीए र सैनिक स्कुल बिजयि

काठमाण्डौ २९ पौष

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण क्रिकेट प्रतियोगिताको चौथो दिन सम्पन्न भएका खेलहरुमा वाई वाई जीएच सीए र सैनिक स्कुल बिजयी भएका छन ।

पहिलो खेल वाई वाई जीएच सीए वेस्र्टन क्रिकेट एकेडेमी बुटवल बिरुद्घ १३५ रनले बिजयी भएको छ भने दास्रो खेलमा सैनिक स्कुल ले बुटवल युथ स्पोटर्स क्लब बुटवल लाई १० रनले पराजित गरेको छ ।

टस जितेर ब्यटिङ रोजेको वाई वाई जीएच सीए ले निर्धारित २० ओभरमा २ बिकेट गुमाउदै २१४ रन बनाएको थियो । वाई वाई जीएच सीए का लागि दिपक बोहोराले ४६ बलमा ६ छक्का ११ चौका को मद्दतले १०७ रनको सतकिय पारी खेलेका थिए । त्यस्तै अर्का ब्याट्सम्यान आदित सुबेदी ५० रन र अशोक पौडेलले ४३ रन योगदान दिएका थिए ।

बलिङ तर्फ वेस्टर्नका दिप्सन थापाले १ बिकेट लिएका थिए ।

२१५ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रेको वेस्र्टन क्रिकेट एकेडेमी बुटवल १६.१ ओभरमा सबै बिकेट गुमाउदै ७९ रनमा समेटिएकोे थियो । वेस्र्टन क्रिकेट एकेडेमीका ब्याट्सम्यान प्रकाश गिरीले ४२ रन बनाएका थिए ।
बलिङ तर्फ जीएच सीए प्रशान्त सिंह, बिशाल पटेल र आरीयो पौडेल ले समान १÷१ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच जीएचसीएका दिपक बोहोरा घोषित भएका थिए ।

दास्रो खेलमा टस जितेर ब्यटिङ रोजेको बिरेन्द्र सैनिक आबासीय बिधालय भक्तपुर ले निर्धारित २० ओभर खेल्दै १० बिकेटको क्षेतीमा १०९ रन बनाएको थियो । सैनिक स्कुल का ब्याट्सम्यान आशिस कुवरले २४ रन र निश्चय थापाले १९ रन बनाएका थिए ।

बलिङ तर्फ बुटवल युथ स्पोटर्स क्लब का जया साना र अजय कुबर ले समान २÷२ बिकेट लिएका थिए
जवाफी ब्याटिङ मा बुटवल युथ स्पोटर्स क्लबले २० ओभरमा ९ बिकेट गुमाउदै ९९ रन बनाएको थियो । बिकेटले खेल आफ्नो पक्षमा पारेको थियो ।

बुटबलका लागी जया सानाले २१ रन,बिष्णु थापाले २० रनको योगदान दिएका थिए ।

बलिङ तर्फ तिलोत्तमा सैनिक स्कुलका आशिष कुवरले ४ ओभर मा १२ रन दिदै ४ बिकेट लिएका थिए भने प्रशान्त भट्टराई र असिम कार्की ले समान २÷२ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच सैनिक का आशिष कुवर घोषित भएका थिए ।