Cricket Himalaya
Cricket News From Top of The World

बुद्ध स्पोर्ट्स क्लब नेपाल टेलिकम रुपन्देही सुपर लिगको ए डिबिजनमा बढुवा

पौष २९, क्रिकेट हिमालय

जिल्ला क्रिकेट संघ रुपन्देहीको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा जारी ‘नेपाल टेलिकम रुपन्देही सुपर लिग’ को बि डिबिजन अन्तर्गत प्रोफेस्नल मास्टर्स ११ लाई पराजित गर्दै बुद्ध स्पोर्ट्स क्लब डिबिजन ए मा प्रबेस गरेको छ |

सुरुमा ब्याटिङ गरेको बुद्धले ३४.५ ओभरमा अलआउट हुँदै १६५ रन बनाएको थियो | रिजन प्रजुले ५६ बलमा ३९, परवेज आलमले ३३ बलमा २८, अजय त्रिपाठी ३८ बलमा १९, सलिम अलिले १५ बलमा १७ रन बनाएका थिए |

प्रोफेसनल मास्टर्स ११ का लागि दिलिप कुर्मी ३, सैलेस श्रीवास्तव २, समोत पौडेल, जितेन्द्र साहनी, बले थापाले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको प्रोफेस्नल मास्टर्स ११ ले २२ ओभरमा अलआउट हुँदै ९१ रनमा समेटिएपछी ७४ रनको हार बेहर्यो | सिजन मकाजिले ४५ बलमा २५, समोत पौडेलले १८ बलमा १५, इन्तियाज खानले २२ बलमा १५ रन बनाएका थिए |

बुद्धका लागि बिपिन खत्रीले ८ ओभरमा ३ मेडन सहित १६ रन दिएर ६ विकेट लिएका थिए भने अमित अग्रहरिले २ र परवेज आलमले १ विकेट लिएका थिए |

बुद्ध स्पोर्ट्स क्लबका बिपिन खत्री प्लेयर अफ द म्याच घोसित भएका थिए |

रुपन्देही सुपर लिगमा डिबिजन बि अन्तर्गत १२ टिम रहेका छन | उत्कृष्ट ४ टिमहरु डिबिजन ए मा बढुवा हुनेछन | डिबिजन ए मा रहेका ८ टिम र डिबिजन बि बाट बढुवा भएका ४ गरि कुल १२ टिमबिच ‘रुपन्देही सुपर लिग डिबिजन ए’ सन्चालन हुनेछ |

प्रतियोगिताको बिजेताले नगद रु ८० हजार, उपबिजेताले रु ४० हजार सहित ट्रफी मेडल प्राप्त गर्नेछन | म्यान अफ द सिरिजले रु १५ हजार, बेस्ट बलर, बेस्ट ब्याट्सम्यानले जनही रु ५ हजार प्राप्त गर्नेछन |