Cricket Himalaya
Cricket News From Top of The World

माधवराज सुमार्गी मेमोरियल क्रिकेट, मकवानपुर : कलैया र युनाइटेड क्लब बिजयी

पौष २८, क्रिकेट हिमालय

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना एवम हेटौंडा एकेडमिको प्रायोजकत्वमा पौष २७ देखि हेटौंडा स्थित हुप्राचौर खेल मैदानमा सुरु भएको ‘छैठौ माधवराज सुमार्गी मेमोरियल टि२० क्रिकेट’ प्रतियोगिता अन्तर्गत कलैया र युनाइटेड क्रिकेट क्लब बिजयी भएका छन |

पहिलो खेल : महाबिर क्रिकेट क्लब र कलैया क्रिकेट क्लब

सुरुमा ब्याटिङ गरेको माहाविरले अमन नाथ मन्डलको ३५ बलमा ३५, बिबेक न्यौपानेको २१ बलमा २१ रनको सहयोगमा १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो | कलैयाको लागि रवि साहले ३ विकेट लिएका थिए |

लक्ष पछ्याएको कलैयाले १३.५ ओभरमा ७ विकेट गुमाएर ८७ रन बनाएपछी ३ विकेटको जित हात पार्यो | आदिल अन्सारिले १३ बलमा २०, कुमार थापाले २१ बलमा १७* रन बनाएका थिए | महाबिरका लागि तक्षकले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएका थिए |

कलैयाका कुमार थापा उत्कृष्ट प्लेयर घोसित भएका थिए |

दोश्रो खेल : युनाइटेड क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडमी

९९ रनको लक्ष पछ्याएको युनाइटेडले ९ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गरेपछी सहज ९ विकेटको जित हात पार्यो | सुबास यादबले १३ बलमा ३३*, सैफ अलि हवारिले २८ बलमा ३१ रन बनाएका थिए | नेक्ससका लागि बिजय बुढामगरले १ विकेट लिएक थिए |

त्यसअघि सुरुमा ब्याटिङ गर्दै नेक्ससले २० ओभरमा ८ विकेट गुमाएर ९८ रन बनाएको थियो | बिजय बुढामगरले ३५ बलमा ३५, बिबेक न्यौपानेले २१ बलमा २१ रन बनाएका थिए | युनाइटेडका लागि सैफुल्लाह अन्सारी र सैदुल्लाह अन्सारिले समान ३/३ विकेट लिएका थिए |

युनाइटेडका सैफुल्लाह अन्सारी प्लेयर अफ द म्याच घोसित भएका थिए |

प्रतियोगिता कुल ८ टिमहरुको सहभागीता रहेको छ |

ग्रुप ए : महाबिर क्रिकेट क्लब, मकवानपुर क्रिकेट एकेडमी, मकवानपुर क्रिकेट क्लब, कलैया क्रिकेट क्लब बारा

ग्रुप बि : युनाइटेड क्रिकेट क्लब धनुषा, नुवाकोट क्रिकेट क्लब, चितवन क्रिकेट क्लब, नेक्सस क्रिकेट एकेडमी काठमाडौ