Cricket Himalaya
Cricket News From Top of The World

नेक्सस यु१६ क्रिकेट लिग : नेक्सस क्रिकेट एकेडेमी र वाइ वाइ जिएचसिए बिजयि

काठमाण्डौ २८ पौष

नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण को तेस्रो दिन सम्पन्न भएका खेलहरुमा आयोजक नेक्सस क्रिकेट एकेडेमी र एन सि ए नेपाल बिजयी भएका छन ।

आज सम्पन्न पहिलो खेल एन सि ए नेपालले बुटवल युथ स्पोटर्स क्लब लाई ५५ रनले पराजित गर्यो भने दास्रो खेल नेक्सस क्रिकेट एकेडेमीले तिलोत्तमा क्रिकेट क्लब बुटवल लाई ८ बिकेटले हराउदै बिजयी यात्रा जारी राखेको छ ।

पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेका एन सि ए नेपाल ले निर्धारित २० ओभर खेल्दै ७ बिकेटको क्षेतीमा १५३ रन बनाएको थियो । एनसिए का ओपनर ब्याट्सम्यान नरेन भट्ट ले ६१ बलमा २ छक्का १० चौका को मद्दतले ८४ रन नटआउट र आषिश सुनुवार ले १८ रन बनाएका थिए ।

बलिङ तर्फ बुटवलका अजय कुवरले ४ ओभरमा १७ रन खर्चिदै ३ बिकेट लिए भने बिशाल भुसाल र प्रशान्त पोखरेलले समान १÷१ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको बुटवल युथ स्पोटर्स क्लब ले २० ओभरमा ७ बिकेट गुमाउदै ९८ रन बनाएको थियो । बुटवल युथ स्पोटर्स क्लब का ब्याट्सम्यान गया गैरेले २२ रन, बिशाल भुसालले २१ रन बनाएका थिए ।

बलिङ तर्फ एन सि एका सम्भब श्रेष्ठले २ बिकेट लिदा रोनिस थापा, सार्थक न्यौपाने र बिजय बुढाले समान १÷१ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच एन सि ए का नरेन भट्ट घोषित भएका थिए ।

दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको तिलोत्तमा क्रिकेट क्लब ले निर्धारित २० ओभर खेल्दै ९ बिकेटको क्षेतीमा ८१ रन बनाएको थियो । तिलोत्तमा क्रिकेट क्लब का ब्याट्सम्यान अब्जुल खानले १६ रन र मनिश थापाले १२ रन बनाउदा अन्य ब्याट्म्यान हरुले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङ तर्फ नेक्ससका क्रिस कार्की र भार्गव चटौत ले समान २÷२ बिकेट लिएका थिए भने सन्देश पान्डे र रोबिन क्षेत्रीले समान २÷२ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङ मा उत्रेको नेक्सस क्रिकेट एकेडेमीले ९.३ ओभरमा २ बिकेट गुमाउदै ८२ रन बनाउदा ८ बिकेटले खेल आफ्नो पक्षमा पारेको थियो ।

म्यान अफ द म्याच घोषित बिपीन शाही उत्कृष्ट ब्याटिङ गर्दै २१ बलमा ३ छक्का ४ चौका प्रहार गरि ४२ रन नट आउट रहे भने बिशाल केसीले १८ रन को योगदान दिएका थिए ।

बलिङ तर्फ तिलोत्तमा क्रिकेट क्लब का मनिष थापा र निश्चल पराजुली ले समान १÷१ बिकेट लिएका थिए ।