Cricket Himalaya
Cricket News From Top of The World

नेपाल टेलिकम रुपन्देही सुपर क्रिकेट लिग : बुटवल राइनोज क्लब विजयी

रबिन्द्र प्रताप गुप्ता / भैरहवा, २८ पुस ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा बुटवल राइनोज क्लब बुटवल विजयी भएको छ । डिभिजन (बी) अन्तर्गत भएको खेलमा बुटवल राइजोजले लुम्बिनी शाक्यान लुम्बिनीलाई २९ रनले पराजित गरेको हो ।

निर्धारित ४० ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोज क्लबले ३३ ओभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल बनायो । उसका लागि पदम के.सी.ले ५५ र अरविन सारुले ३८ रनको योगदान गरे ।

बलिङमा लुम्बिनीका शाक्यानका सुदिप सुवेदीले ५ तथा अरफात र अब्र्दुरहमानले १÷१ विकेट लिए ।
जवाफमा लुम्बिनी शाक्यानले ३० दशलमव २ ओभरमा सम्पूर्ण विकेटको गुमाउँदै १३१ रन बनायो । उसका लागि प्रदीप कुमारले ३९ र अजमत अलीले २५ रनको योगदान गरे ।

बलिङमा बुटवल राइनोजका प्रदिप बेल्बासेले ५ तथा अमर श्रेष्ठ र शुभम घमालले २÷२ विकेट लिए ।

खेलमा बुटवल राइनोजका प्रदिप बेल्बासे अफ द म्याच घोषित भए ।

मंगलबारको बुद्ध स्पोर्टस क्लब भैरहवा र प्रोफेसनल मास्टर्स–११ भैरहवाबीच हुनेछ । मंगलबारको खेलमा विजयी हुने टिम डिभिजन ए मा उक्लिने आयोजकले जनाएको छ ।

नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५÷५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् ।