Cricket Himalaya
Cricket News From Top of The World

अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता तेश्रो दिन प्रिमियर स्कुल बिजयी

२७ पौष राजबिराज ।

सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित अन्तर बिद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको छ ।

आईतवार सम्पन्न एक मात्र खेलमा प्रिमियर सेकेण्ड्रीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेका थिए । प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्धतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए ।

बलिंग तर्फ रोज पब्लिकका तर्फबाट मनिश साह र नन्दकिशोर मण्डलले सामान २ बिकेट तथा राहुल यादव र बिशाल साहले सामान १ बिकेट लिएका थिए ।

१ सय ७२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोजपब्लिकले राम्रो प्रयास गरेता पनी निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ४९ रन मात्र जोडन सकेका थिए । रोजपब्लिकका लागि कृष्णा चौधरीले नटआउट रहि ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए ।

प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले सामान १ बिकेट लिएक थिए ।

खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्धामलाई किर्तिमानी क्रिकेटर महवुव आलमद्धारा नगद तथा ट्रफि प्रदान गरिएको थियो ।

प्रतियोगिता अन्र्तगत सोमवार रेष्ट डे दिइएको छ भने मंगलवार प्रिमियर सेकेण्ड्री र दुर्गा सेकेण्ड्री बिच हुने जानकारी आयोजक समितिका संयोजक खेलानन्द दासले गराउनु भएको छ ।