Cricket Himalaya
Cricket News From Top of The World

जिल्ला स्तरीय टि२० नकआउट क्रिकेट, सप्तरी : म्याक्स्वेल बोर्डिङ्ग बिजयी

पौष २५, क्रिकेट हिमालय

भिजिट नेपाल २०२० को उपल्यक्षमा ग्रीन नेपाल तथा सप्तरी क्रीकेट संघको सन्युक्त आयोजनामा राजबिराज स्थित राजरङ्गशालामा आज बाट संचालित ‘जिल्ला स्तरीय स्कुल लेबल टि२० नक अाउट क्रीकेट प्रतियोगिता’ को पहिलो तथा उद्घाटन खेलमा म्याक्सवेल बोर्डिङ स्कुल द्वारा ह्यापील्यान्ड बोर्डिङ स्कुल १३९ रनले पराजित भएको छ |

टस हारेर पहिलो ब्याटिङ गर्दै म्याक्सवेल बोर्डिङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएका थिए ,म्याक्सवेलका लागि रोहन बि.कले बिस्फोट ब्याटिङ गर्दै ४० बलमा ११चौका ५ छ्क्काको मद्दतले ९१ रन, सन्जित साह अविजित १९ रन तथा पन्कज यादवले १६ रन बनाएका थिए |

बलिङतर्फ ह्यापील्यान्ड बोर्डिङका तर्फबाट प्रजवल यादव ३ विकेट तथा प्रीन्स यादब र सुनिल यादवले समान २/२ विकेट हाथ पारेका थिए |

२०४ रनको बिजय लक्ष्य लिइ प्रतिउतर ब्याटिङ गर्न ओर्लेको ह्यापील्यान्ड बोर्डिङ स्कुल १३.६ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाएर ६४ रनमा समेटिएको थियो |

ह्यापील्यान्ड बोर्डिङ स्कुलका तर्फबाट शिव राय १७ रन बाहेक अन्य कुनैपनि ब्याटसम्यानले दोहोरो अन्कमा रन जोडन सकेन्न |

ह्यापील्यान्ड बोर्डिङलाई सस्तोमा समेटिन म्याक्सवेल बोर्डिङ स्कुलका तर्फबाट बलर सकिम आलम ४ विकेट, आदित्य राम २ विकेट तथा रोहन बिक, केसब साह र हसन जमालले १/१ विकेट हात पारेका थिए |

उक्त खेलको म्यान अफ दि म्याच बिजेता टोलि म्याक्सवेल बोर्डिङ स्कुलका रोहन बिक घाेषित भए |

सप्तरी क्रीकेट संघले प्रकासित गरेको क्यालेन्डर अनुसारको पहिलो प्रतियोगिता यो रहेको आयोजकले जनाएको छ |

आज भएको पहिलो तथा उद्घाटन खेलको केही तस्बिरहरु