Cricket Himalaya
Cricket News From Top of The World

प्रथम विद्यालय स्तरीय महिला टी-२० क्रीकेट प्रतियोगिता-२०७६ धनगढीमा हुँदै

पौष १८, क्रिकेट हिमालय

कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रीकेट क्लवको व्यवस्थापनमा यही पौष २७ गतेदेखि माघ ४ गतेसम्म धनगढीको संघीय इकाई प्रहरी सेती कार्यालयको खेलमैदानमा हुने प्रथम विद्यालय स्तरीय महिला टी-२० क्रीकेट प्रतियोगिता-२०७६ मा धनगढी क्षेत्रका ७ उत्कृष्ट विद्यालयको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागी विद्यालयहरुको नामावली यसप्रकार उल्लेख गरिएको छ।

१.त्रिभुवन उमावि बोराडांडी
२.ब्रोडभिजन एकेडेमी चटकपुर
३.राष्ट्रिय मावि उत्तरबेहडी
४.शारदा उमावि बैय्याबेहडी
५.क्यास्पियन एकेडेमी बालमन्दिर
६.एरिस्टो इ.बो.स्कुल क्याम्पसरोड
७.धनगढी उमावि धनगढी गाउँ

यी ७ वटै टिमहरुलाइ दुई समुहमा बिभाजन गरि प्रतियोगिता सञ्चालन गरिने आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी गराएका छन |