Cricket Himalaya
Cricket News From Top of The World

चितवन राइनोज ‘पोखरा प्रीमियर लिग (PPL)’ दोश्रो सिजनको उपाधी बिजेता

पौष १२, क्रिकेट हिमालय

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरामा मङ्सिर २९ – पौष १२ सम्म पोखरा रंगशालामा हुने ‘पोखरा प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत आज सम्पन्न फाइनल खेलमा चितवन राइनोजले बिराटनगर टाइटान्सलाई ३२ रनले पराजित गर्दै उपाधी जितेको छ |

टस हारेर सुरुमा ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो | रोहन मुस्तफाले ४३ बलमा ५०, पारस खडकाले ११ बलमा २५, अनिल साहले ३४ बलमा ५०, आरिफ सेखले ११ बलमा १९, करन केसिले ८ बलमा २६*, सन्नी पटेलले ८ बलमा १६* रन बनाएका थिए |

बिराटनगरका लागि पुनित मेहरा र जायद आलमले समान २/२, किसोर महतोले १ विकेट लिएका थिए |

लक्ष पछ्याएको बिराटनगर २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्र बनाएपछी ३२ रनले पराजित रह्यो | जायद आलमले ४८ बलमा ५७, नोमान खानले १८ बलमा १८, पुनित मेहरा १० बलमा २२, प्रदिप सिंह ऎरिले २५ बलमा ३६ रन बनाएका थिए |

चितवनका लागि करण केसि ३, सन्नी पटेल २, रोहन मुस्तफा १ विकेट लिएका थिए |

प्रतियोगिता अन्तर्गत लिग चरणका सबै खेल जित्दै चितवन फाइनल प्रबेस गरेको थियो भने लिग चरणमा तेश्रो भएको बिराटनगरले दोश्रो हुने बुटवललाई इलिमिनेटरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो |

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरु विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज रहेका थिए |

प्रतियोगिताको विजेता चितवन राइनोजलाई २७ लाख रुपैयाँ प्रदान गरिएको भने उपविजेता बिराटनगरले १० लाख रुपैयाँ प्राप्त गरेको छ | प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ भने म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ |

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको ईमर्जिङ्ग खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ |

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु किलियर टिभि किलियर, एक हातले क्याच गर्ने दर्शकलाइ रु १५ हजार र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टि प्रदान गरिनेछ जुन १ वर्षको लागी निशुल्क सुविसु केवलनेट प्रा.लिले इन्टर नेट र किलियर टिभि उपलब्ध गराउनेछ ।

धनगढीले भारतीय अलराउन्डर अमित यादव, क्यानडाका बायाँ हाते ब्याट्सम्यान रोड्रिगो थोमस र विकेटकीपर श्रीमन्था विजयरत्नेलाई टोलीमा भित्र्याएको थियो |

बुटवलले भारतीय अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा अनुबन्ध गरेको थियो |

बिराटनगरले भारतिय पुनित मेहर, पाकिस्तानी मोहम्मद जायद आलम अनुबन्ध गरेको छ | काठमाडौले भारतिय खेलाडीहरु गौरब तोमर, जयकिसन कोल्सावाला, सुबोध भाटी भित्राएको थियो |

चितवनले युएइका रोहन मुस्तफा, हङकङका बाबर हयात र भारतिय सन्नी पटेललाई अनुबन्धित गरेको थियो |

पोखराले भारतिय खेलाडीहरु रवि इन्दर सिंह, प्रथमादेस डके र परागलाई अनुबन्ध गरेको थियो |