Cricket Himalaya
Cricket News From Top of The World

बुटवल ब्लास्टर्सलाइ पराजित गर्दै बिराटनगर टाइटान्स पिपिएलको फाइनल प्रबेस

पौष १०, क्रिकेट हिमालय

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरामा मङ्सिर २९ – पौष १२ सम्म पोखरा रंगशालामा हुने ‘पोखरा प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत बार्हौ दिनमा सम्पन्न इलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई बिराटनगर टाइटान्सले २१ रनले पराजित गर्दै प्रतियोगिताको फाइनल प्रबेस गरेको छ |

सुरुमा ब्याटिङ गर्दै बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो | मोहम्मद जायद आलमले १३ बलमा २०, सुनिल धमलाले ५४ बलमा ६१, लोकेस बमले १६ बलमा १९, पुनित मेहराले २१ बलमा १९, प्रदिप ऎरिले १३ बलमा ३३ रन बनाएका थिए |

बुटवलका लागि एच टन्कले २, ललित भन्डारी र अबिनास बोहराले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको बुटवलले २० ओभरमा १० विकेट गुमाउदै १४४ रन मात्र बनाएपछी २१ रनको हार बेहर्यो| आफ्ताबुद्धिन अहमदले २२ बलमा ४३, भिम शार्किले ३१ बलमा ४३*, सुभम सिंहले ११ बलमा १४, पुरन बिकले १६ बलमा १५ रन बनाएका थिए |

बिराटनगरका लागि साहब आलमले ३, जितेन्द्र मुखियाले १, किसोर महतो १, पुनित मेहराले ३ विकेट लिएका थिए |

पिपिएल टिमहरु

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरु विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज रहेका छन |

पिपिएल पुरस्कार

प्रतियोगिताको विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन | प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ भने म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ |यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको ईमर्जिङ्ग खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ |

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु किलियर टिभि किलियर, एक हातले क्याच गर्ने दर्शकलाइ रु १५ हजार र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टि प्रदान गरिनेछ जुन १ वर्षको लागी निशुल्क सुविसु केवलनेट प्रा.लिले इन्टर नेट र किलियर टिभि उपलब्ध गराउनेछ ।

पिपिएलमा आवद्ध बिदेसी खेलाडी

धनगढीले भारतीय अलराउन्डर अमित यादव, क्यानडाका बायाँ हाते ब्याट्सम्यान रोड्रिगो थोमस र विकेटकीपर श्रीमन्था विजयरत्नेलाई टोलीमा भित्र्याएको छ | बुटवलले भारतीय अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ | बिराटनगरले भारतिय पुनित मेहर, पाकिस्तानी मोहम्मद जायद आलम अनुबन्ध गरेको छ | काठमाडौले भारतिय खेलाडीहरु गौरब तोमर, जयकिसन कोल्सावाला, सुबोध भाटी भित्राएको छ | चितवनले युएइका रोहन मुस्तफा, हङकङका बाबर हयात र भारतिय सन्नी पटेललाई अनुबन्धित गरेको छ | पोखराले भारतिय खेलाडीहरु रवि इन्दर सिंह, प्रथमादेस डके र परागलाई अनुबन्ध गरेको जनाएको छ |