Cricket Himalaya
Cricket News From Top of The World

बङ्गलादेस भ्रमण गर्ने ‘वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडमि’ को बिदाइ

मङ्सिर २३, क्रिकेट हिमालय

वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए), काठमाडौले ‘योङ्ग ट्यालेन्ट नेपाल-बङ्गलादेस क्रिकेट प्रतियोगिता’ खेल्न बङ्गलादेस भ्रमण गर्ने टिमको बिदाइ गरेको छ |

प्रतियोगिताका खेलहरु बङ्गलादेसको ढाका र कक्स वजारमा जिएचसिए, नेपाल र बङ्गलादेस क्लब क्रिकेट एकेडकी बिच डिसेम्बर ९-१६ सम्म हुनेछन |

प्रतियोगितामा दुबै टिमका यु१९ का खेलाडीहरुले ४० ओभर र टि२० का खेलहरु खेल्नेछन |

जिएचसिए निर्देसक सुदिप शर्मा

‘विगतमा वंगलादेशको चार पटक, भारतको तिन पटक र दुवईको दुई पटक सफल भ्रमण गरि सकेको यस एकेडेमिले नियमित प्रशिक्षण, प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडिहरुको प्रतिभा निखार्ने काम सफलतापुर्वक गर्दै आएको छ’

बिदाइ कार्यक्रममा अर्किड इम्टरन्यासनक कलेजका निर्देशक विदुर दाहाल र काठमाडौँ महानगरपालिका ९ नं. वडाका वडा सदस्य श्री राम राईको उपस्थिति रहेको थियो |

टिम वाइवाइ जिएचसिए

१. अमित खडका (कप्तान) २. दिकेन्द्र साह (उपकप्तान) ३. सुबास सर्मा सापकोटा ४. निखिल यादब ५. अनुरोध पन्त ६. सन्देस बस्याल ७. सन्जोग घिमिरे ८. पासाङ्ग दोर्जे सेर्पा ९. रबिन भट्टराई १०. इसान श्रेष्ठ ११. अमित ढकाल १२. कृश्न गुप्ता १३. बिकि प्रसाद (म्यामेजर) १४ सुदिप शर्मा (प्रशिक्षक)