Cricket Himalaya
Cricket News From Top of The World

साग पुरुष क्रिकेट : बङ्गलादेसलाई स्वर्ण, ज्ञानेन्द्र मल्ल बेस्ट ब्याट्सम्यान घोसित

मङ्सिर २३, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको उपाधी बङ्गलादेस यु२३ ले जितेको छ |

आज सम्पन्न फाइनल खेलमा बङ्गलादेसले श्रीलन्कलाइ ७ विकेटले पराजित गर्दै उपाधी जितेको हो |

फाइनलमा पराजित श्रीलन्काले रजत पदक जितेको छ भने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले माल्दिभ्सलाई पराजित गर्दै कास्य जितेको छ |

बङ्गलादेसका मोहम्मद तनविर बेस्ट बलर, बेस्ट ब्याट्सम्यान नेपालका ज्ञानेन्द्र मल्ल, म्यान अफ द टुर्नामेन्ट फर्नान्डो मेन्डिस श्रीलन्काका भए |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाएका थिए |

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल, राशिद खान