Cricket Himalaya
Cricket News From Top of The World

कास्य पदक भिडन्त, नेपाललाइ माल्दिभ्सद्वारा ९५ रनको लक्ष

मङ्सिर २३, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्यपदकको भिडन्तका लागी माल्दिभ्स बिरुद्धखेलमा ९५ रनको लक्ष पाएको छ |

टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गरेको थियो | माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो | मोहम्मद रिजवनले १८ बलमा १७, उमर अदमले ११ बलमा ११ रन बनाएका थिएभने मोहम्मद महफुज २३ बलमा १६ रन बनाएका थिए भने अनिल मौरुफ २४ बलमा १३, लिम सफिगले १८ रन बनाए |

नेपालको लागि ललित राजबन्शीले ४ ओभरमा ६ रन दिएर ३, सुशन भारीले ४ ओभरमा २४ रन दिएर २, पारस खडकाले ४ ओभरमा १ मेडन सहित १८ रन दिएर १ विकेट लिएका थिए |

त्यसैगरी, स्वर्णपदकको लागि श्रीलन्का र बङ्गलादेस यु२३ टिम बिच दिउँसो १ बजे खेल हुनेछ |

प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलन्का बिरुद्ध ७ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा भुटानलाइ १४१ रनले पराजित गरेको थियो | त्यसैगरी तेश्रो खेलमा माल्दिभ्सलाइ ८४ रनले पराजित गरेको थियो | चौथो खेलमा बङ्गलादेस सङ्ग ७ विकेटले पराजित भएको थियो |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाएका थिए |

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐर, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सुशन भारी, आरिफ शेख, अविनास बोहरा