Cricket Himalaya
Cricket News From Top of The World

टस जितेको नेपालले माल्दिभ्स बिरुद्ध सुरुमा फिल्डिङ्ग गर्दै

मङ्सिर २३, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्यपदकको भिडन्तका लागी माल्दिभ्स बिरुद्ध खेल्दैछ |

टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गर्दैछ |

त्यसैगरी, स्वर्णपदकको लागि श्रीलन्का र बङ्गलादेस यु२३ टिम बिच दिउँसो १ बजे खेल हुनेछ |

प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलन्का बिरुद्ध ७ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा भुटानलाइ १४१ रनले पराजित गरेको थियो | त्यसैगरी तेश्रो खेलमा माल्दिभ्सलाइ ८४ रनले पराजित गरेको थियो | चौथो खेलमा बङ्गलादेस सङ्ग ७ विकेटले पराजित भएको थियो |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाएका थिए |

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐर, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सुशन भारी, आरिफ शेख, अविनास बोहरा