Cricket Himalaya
Cricket News From Top of The World

रंगशाला निर्माण अभियान : चितवन उद्ध्योग बाणिज्य संघको रु ३४.४४ लाख सहयोग

मङ्सिर २२, क्रिकेट हिमालय

धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाईमा चितवनमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी चितवनको भरतपुर महानगरपालिकामा रहेको चितवन उद्योग वाणिज्य संघले दोश्रो किस्ता स्वरुप ३४ लाख ४४ हजार ४ सय ४४ रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेको छ |

प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भै सकेको छ | कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा, भरतपुर महानगरपालिकाले बिश्वबिद्धालयलाई सट्टाभर्ना दिने गरि, अहिले रंगशाला बन्दै छ |

रंगशाला निर्माणका सम्बन्धमा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच गएको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो |

क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले तयार पारेको डिपिआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याट बाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ | पाचवटा पिच हुने क्रिकेट मैदान ७० मिटर रेडियसको हुने छ |

कमलको फुलको आकार अनुरुप मल्लकालीन नेपाली वास्तुकलाको मिश्रण रंगशालामा देख्न पाइने जनाइएको छ |