Cricket Himalaya
Cricket News From Top of The World

कास्य पदकको लागि नेपाल र माल्दिभ्स भिडदै

मङ्सिर २२, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले कास्यपदकको भिडन्त माल्दिभ्स बिरुद्ध मङ्सिर २३ गते बिहान ९ बजे गर्नेछ |

त्यसैगरी, स्वर्णपदकको लागि श्रीलन्का र बङ्गलादेस यु२३ टिम बिच दिउँसो १ बजे खेल हुनेछ |

प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलन्का बिरुद्ध ७ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा भुटानलाइ १४१ रनले पराजित गरेको थियो | त्यसैगरी तेश्रो खेलमा माल्दिभ्सलाइ ८४ रनले पराजित गरेको थियो | चौथो खेलमा बङ्गलादेस सङ्ग ७ विकेटले पराजित भएको थियो |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाएका थिए |

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल, राशिद खान