Cricket Himalaya
Cricket News From Top of The World

साग पुरुष क्रिकेट : बङ्गलादेस बिरुद्ध नेपाल ४४ रनले पराजित

मङ्सिर २१, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई चौथो खेलमा बङ्गलादेस यु२३ ले ४० रनले पराजित गरेको छ |

टस जितेको नेपालले सुरुमा फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो | बङ्गलादेसले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको छ | नजमुल होसेन सान्तोले ५९ बलमा ७३*, यासिर अलिले १५ बलमा १४, अफिफ होसेनले २८ बलमा ५२ रन बनाएका थिए |

नेपालका लागि पारस खडकाले ४ ओभरमा १५ रन दिएर ३ विकेट, अबिनास बोहराले १, दिपेन्द्र सिंह ऎरि २ विकेट लिएका थिए |

लक्ष पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमा समेटिएपछी ४४ रनले पराजित रह्यो | नेपालका लागि पारस खडका १६ बलमा ९, पवन सर्‍आफ १ बलमा ०, आरिफ सेख ३ बलमा ०, दिपेन्द्र सिंह ऎरि १३ बलमा १६, रोहित पौडेल ११ बलमा ८, बिनोद भन्डारि ५ बलमा ३ रन बनाएका थिए |

बङ्गलादेसका लागि सुमोन खान २, तनबिर इसलाम २, सौम्य सरकार २, मेहदी हसन २ विकेट लिएका थिए |

त्यसैगरी, कप्तान ज्ञानेन्द्र मल्लले ४३ बलमा ४३ रन बनाएका थिए भने अबिनास बोहराले १० बलमा १३* रन बनाएका थिए |

प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलन्का बिरुद्ध ७ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा भुटानलाइ १४१ रनले पराजित गरेको थियो | त्यसैगरी तेश्रो खेलमा माल्दिभ्सलाइ ८४ रनले पराजित गरेको थियो |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाउनेछ |

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल, राशिद खान