Cricket Himalaya
Cricket News From Top of The World

महिला क्रिकेटमा नेपाललाइ कास्य पदक, माल्दिभ्स १० विकेटले पराजित

मङ्सिर २०, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले माल्दिभ्स बिरुद्ध १० विकेटको जित निकालेको छ |

सुरुमा ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा अल आउट हुँदै मात्र ८ रन बनाएको थियो | माल्दिभ्सका ९ ब्याट्सवुमन ० रनमा आउट भएका थिए |

नेपालका लागि अन्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन दिएर ४ विकेट, सरिता मगर र रुबिना छेत्रीले समान २/२ विकेट, सुमन खतिवडा र करुणा भन्डारी १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको नेपाल १.१ ओभरमा कुनै विकेट नगुमाइ ९ रन बनाएपछि सहज १० विकेटको जित हात पार्यो |
नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर